शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
स्थानीय
  • गृहपृष्ठ
  • अवरुद्ध विद्युत सेवा सुचारु
अवरुद्ध विद्युत सेवा सुचारु
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, असोज २०, २०७८
बेनी । करिब एक हप्ता पछि अवरुद्ध विद्युत सेवा सुचारु भएको छ । विद्युत गृहमा रहेको तर्वाइनको बेरिङ बिग्रिएपछि १४ असोज देखी म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ४ स्थित दाजुङ खोला लघुजलविद्युत परियोजना बन्द भएको थियो । १४ असोजमा बेरिङ बिग्रिएर बन्द भएको ३० किलोवाट क्षमताको लघुजलविद्युत परियोजना मंगलबार रातिदेखी सुचारु भएको दाजुङ खोला लघुजल विद्युत सहकारी संस्था लिमिटेड व्यवस्थापन समितिका अध्यक्ष नन्दबहादुर घर्ती मगरले जानकारी दिनुभयो । उहाँका अनुसार फ्रान्स स्थित सामाजिक संस्था नमस्ते अँफ दिमालयको आर्थिक सहयोगमा बुटवलबाट बेरिङ खरिद गरेर ल्याइएको हो भने सोही आर्थिक सहयोगमा प्राविधिक झिकाएर मर्मत गरेर  अवरुद्ध विद्युत सेवा सुचारु गरिएको हो । विद्युत आपुर्ती अवरुद्ध हुँदा च्युरिबोट ,ओखरबोट ,महभिर छाप ,खतेन लगायत गाउँका तीन सय ९३ घरधुरी अन्धकारमा बस्न बाध्य भएका थिए । आर्थिक अभावका कारण नयाँ बेरिङ खरिद गर्न र जडा सहित मर्मतका लागि प्राविधिकको अभाव भएको खबर थाहा पाएपछि बेरिङ खरिद र जडान सहित मर्मतका लागि प्राविधिक ल्याउन सामाजिक संस्था नमस्ते अँफ दिमालयकी अध्यक्ष एन्नी क्लेरी पुन र कार्यक्रम संयोजक रोशन पुनले ७० हजार रुपैयाँ गर्नुभएको थियो । उहाँहरुको सहयोगमा विद्युत आपुर्ति सुचारु गर्न सफल भएको भन्दै अध्यक्ष घर्ति मगरले सहयोगदाता र समन्वय गर्नुहुने क्याप्टेन लक्षमण पुन सहित युके निवासी च्युरीबोट बासीलाई धन्यवाद व्यक्त गर्नुभयो । साथै सोही लघुजलविद्युत परियोजना स्तरोन्नती गर्न संस्थाको सहयोगमा भौगोलिक अवस्थाको बारेमा सर्भे समेत गरिएको छ । गाउँपालिकाको अधिकांश बस्तीमा केन्द्रिय प्रशारण लाइनको विद्युत पहुँच पुगेको भएपनि वडा नम्बर ४ को फुलबारी र केही बस्ती बाहेकका अन्य बस्तीमा भने अझै विस्तार हुन सकेको छैन् । उक्त सामाजिक संस्था नमस्ते अँफ दिमालयले केही बर्षदेखी च्युरिबोटमा शिक्षा क्षेत्रमा ठुलो सहयोग गर्दै आइरहेको छ । च्युरिबोट ,चिमखोला लगायत नेपालको विभिन्न ठाउँमा शैक्षिक तथा सामाजिक विकासको क्षेत्रमा संस्थाले ठुलो सहयोग गर्दै आइरहेको छ ।
प्रकाशित मिति: बुधबार, असोज २०, २०७८  २२:४७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP