म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका -४,च्युरीबोटमा आयोजित चौथो परिवर्तन कप विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । फुटसल ,महिला भलिबल ,सादा धनुषवाण ,अन्धनिशान लगायत प्रतियोगिता संचालन भएका थिए ।

सोमबार सम्पन्न फुटसल प्रतियोगिताको फाइनलमा बुढा युनाइटेड ए तमानले हिमाली युवा क्लबलाई पराजित गरेर उपाधि चुम्न सफल भयो । यसैगरी महिला भलिबलको फाइनल खेलमा महखानी युवा क्लब एले आयोजक एलाई पराजित गर्दै उपाधि हात पार्यो भने सादा धणुषवाण प्रतियोगितामा जनसाहारा युवा क्लब प्रथम र हिलसाइड युवा क्लब दित्तिय भए । फुटसल तर्फ प्रथम भएको बुढा युनाइटेड एले ६०,०००, ट्रफी, मेडल र प्रमाण-पत्र र
दोस्रो भएको हिमाली युवा क्लबले ३०,०००, मेडल र प्रमाण-पत्र , महिला भलिबल तर्फ बिजेता महभीर एले
४०,०००, ट्रफी, मेडल र प्रमाण-पत्र र उपविजेता आयोजक एले २२,०००, मेडल र प्रमाण-पत्र तथा तारोखेल/धनुषवाण खेलमा पहिलो भएको डाँडागाउँले प्रथम पुरस्कार: रु. ७७,७७७, ट्रफी, मेडल र प्रमाण-पत्र र दोस्रो भएको हिलसाइड सिस्नेरी ए पुरस्कार: रु. ३७,७७७, मेडल र प्रमाण-पत्र हात पारेका छन् ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी जेनिशा विश्वकर्मा लगायतलाई नगद सहित पुरस्कृत गरिएको थियो । क्लबका अध्यक्ष थमबहादुर घर्ती ,सचीव सुलभ पुन लगायतले पुरस्कार वितरण गर्नुभएको थियो । सोही अवसरमा सहयोगदाताहरुलाई समान समेत गरिएको थियो ।
