म्याग्दी । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेशको तर्फबाट म्याग्दीका तीन जना आर्चरी खेलका तीन जना खेलाडी छनोट भएका छन् । जिल्ला आर्चरी संघ म्याग्दीका अध्यक्ष डम पुनका अनुसार ,दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेशबाट म्याग्दीका आर्चरी खेलको कम्पाउण्ड पुरुषतर्फ बेनी नगरपालिका -४,थामडाँडाका सुमन गुरुङ ,स्ट्यान्डर्ड पुरुषतर्फ मंगला गाउँपालिका-२,हिदीका मिलन जुग्जाली र मालिका गाउँपालिका-५,रुन्माका प्रवेश फगामी छनोट हुनुभएको छ ।
छनोट प्रतियोगिता गण्डकी प्रदेश आर्चरी संघको आयोजनामा यहीँ कात्तिक १८ गते पोखरामा सञ्चालन भएको थियो । म्याग्दीका तीन जना सहित गण्डकी प्रदेशबाट आर्चरी खेलका २२ खेलाडी छनोट भएका छन् । छनोट प्रतियोगिताबाट विभिन्न इभेन्टमा १२ पुरुष र १० महिला खेलाडी छनोट भएका हुन् ।छनोट भएका २२ खेलाडीले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्नेछन् ।