शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • विद्युत् आदानप्रदानमा भारतको सकारात्मक सन्देश
विद्युत् आदानप्रदानमा भारतको सकारात्मक सन्देश
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, असोज २६, २०७८
काठमाडौँ । नेपालबाट वर्षाको बिजुली लिन र हिउँदमा दिनका लागि भारत सकारात्मक देखिएको छ । नेपाल विद्युत् प्राधिकरणले भदौ अन्तिम साता बिहार स्टेट पावर होल्डिङसँग पारस्पारिक मौसमी विद्युत् आदान–प्रदानको लागि प्रस्ताव गरेकोमा भारत सकारात्मक देखिएको छ । प्रस्ताव गरेलगत्तै बिहारले प्रारम्भिक चरणमा वर्र्षामा साँझ ७ बजेदेखि बिहान ६ बजेसम्मको बिजुली लिने तथा वर्षामा बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म दिन तयार उल्लेख गर्दै प्राधिकरणलाई सन्देश पठाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयका सचिव देवेन्द्र कार्कीले वर्षामा बढी भएको बिजुली लिन तथा हिउँदमा पठाउने गरी बिहारले सकारात्मक प्रस्ताव पठाएको बताउनुभयो। “हामीले वर्र्षामा खेर जाने बिजुली लिन तथा खाँचो परेको हिउँदको बेलामा दिने गरी विद्युत् आदानप्रदानको प्रस्ताव गरेका थियौ, भारतबाट सकारात्मक सन्देश आएको छ” उहाँले भन्नुभयो । असोज अन्तिम साता प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नेतृत्वमा गएको टोलीले बिहार स्टेट पावर होल्डिङका अध्यक्ष तथा प्रबन्ध–निर्देशक सञ्जिव हान्सलाई भारतको पटनामा भेटी विद्युत् आदान–प्रदानका विषयमा छलफल एवम् प्रस्ताव पेश गरेको थियो । यस वर्षको बाँकी ३ महिनामा नेपालमा खपत गरेर बढी हुने करिव ७० करोड युनिट र अर्को वर्ष ३ अर्ब ७९ करोड युनिट ऊर्जा बिहारलाई दिन सकिने प्रस्ताव प्राधिकरणको थियो ।विद्युत् प्राधिकरणले चालु वर्षमा मात्र १९६० गिगावाट आवर बिजुली खपत गरेर बढी हुने जनाएको छ । घिसिङले दैनिक चार करोड बराबरको खेर गइरहेको जनाएको छ । प्राधिकरणले चालु वर्षमा अधिकत्तम १६७१ मेगावाट माग पुग्ने तथा आगामी वर्ष १८३९ मेगावाट पुग्ने प्रक्षेपण गरेको छ ।६१७६ मेगावाटका ३४६ आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) भइसकेको तथा ३ हजार मेगावाट बराबरका १३६ आयोजना निर्माणाधीन रहेको जानकारी दिँदै प्राधिकरणले १३२ केभीको कटैया–कुसाहा, रामनगर गण्डक र रक्सौल पववानीपुरसहित अन्य ३३ केभीबाट ३ सय ७१ मेगावाटसम्म विद्युत् आदानप्रदान गर्न सकिने प्राधिकरणले छलफलमा जानकारी दिएको थियो । बिहार नेपालको बिजुली वर्र्षामा लिन र हिउँदमा दिन सकारात्मक भएपनि यसको टुंगो भने लागिसकेको छैन ।karobardailyबाट
प्रकाशित मिति: मंगलबार, असोज २६, २०७८  ११:५५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP