शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • फाइजर खोप दीर्घरोगी बालबालिकालाई
फाइजर खोप दीर्घरोगी बालबालिकालाई
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, कात्तिक ७, २०७८
corona vaccine
काठमाडौँ । सरकारले तिहार, छठ पर्व लगत्तै १२ वर्षमाथिका बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप दिने भएको छ । १२ वर्षमाथिका दीर्घरोगी बालबालिकालाई फाइजर खोप दिइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो । सोमबार अर्थात भोलि कोभ्याक्स सुविधा अन्र्तगत एक लाख ६ सय मात्रा फाइजर खोप अमेरिकाबाट आउने उहाँले बताउनुभयो । फाइजर खोप दिन प्रयोग गरिने सिरिज भने आज नै आइपुग्ने उहाँले बताउनुभयो । उक्त खोप १२ वर्षदेखि १८ वर्षसम्मका दीर्घरोगी बालबालिका र यसअघि खोप लगाउन छुटेका अन्य उमेर समूहका दीर्घरोगीलाई छठ लगत्तै खोप दिने योजना बनाएको उहाँले सुनाउनुभयो । फाइजर खोप एक महिनासम्म भण्डारण गर्न सकिने भएकाले दीर्घरोगीको लागि स्थानीय प्रदेश र केन्द्रका खोप केन्द्रमा पठाइने भएको छ । फाइजर खोप दिनका लागि स्वास्थ्यकर्मीलाई तालिम दिइने उहाँले बताउनुभयो । अमेरिकाबाट सोमबार नेपाल आइपुग्ने फाइजर खोप १२ देखि १८ वर्ष उमेर समूहका सबै बालबालिकालाई नपुग्ने भएकाले दीर्घरोगी बालबालिकालाई स्वास्थ्य मन्त्रालयले प्राथमिकता दिएको हो । फोक्सो, मधुमेह, उच्च चाप, मुटु, मृगौला लगायत दीर्घरोगीले खोप पाउने छन् । फाइजर खोप अमेरिकी फाइजर बायोएनटेक कम्पनीले उत्पादन गरेको हो । यस खोप युएस फुड एन्ड ड्रग एडनिनिस्ट्रसले १६ वर्षमाथिका बालबालिकालाई खोप लगाउने अनुमति दिएको थियो । पुनः ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकामा पनि यो खोप निकै प्रभावकारी देखिएको एक अध्ययनले देखाएको छ । लक्षणसहितको कोरोना संक्रमण रोक्न अर्थात नियन्त्रणका लागि ९१ प्रतिशत काम गरेको अध्ययनले देखाएको छ । अमेरिकाको फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसनले यस खोपलाई ५ देखि १२ वर्ष उमेर समूहका बालबालिकालाई अनुमति दिने नदिने सम्बन्धमा निर्णय गर्ने भएको छ । रातोपाटीबाट
प्रकाशित मिति: आइतबार, कात्तिक ७, २०७८  १३:४४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP