शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • ५ देखि ११ वर्षका बालबालिकालाई फाइजर खोप लगाउन अमेरिकी विज्ञको सिफारिस
५ देखि ११ वर्षका बालबालिकालाई फाइजर खोप लगाउन अमेरिकी विज्ञको सिफारिस
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, कात्तिक १०, २०७८
काठमाडौं । अमेरिकाको एक सरकारी प्यानलले ५ देखि ११ वर्षका बालबालिकालाई फाइजररबायोइन्टेक खोप लगाउनुपर्ने सिफारिस गरेको छ ।अमेरिकाको खाद्य तथा औषधि विभाग (एफडीए) का विज्ञले ५ देखि ११ वर्षसम्मका बालबालिकालाई खोप लगाउनुपर्ने कदमको समर्थन गरेसँगै केही हप्ताभित्रै आतपकालीन अवस्थामा खोप लगाउन सकिने बाटो खुलेको बीबीसीले जनाएको छ । सेप्टेम्बरमा खोप उत्पादक कम्पनीले आफ्नो परीक्षणबाट फाइजररबायोइन्टेक खोप उक्त उमेर समूहका बालबालिका लागि सुरक्षित देखिएको जनाएको थियो । नियमनकर्तासमक्ष पेश गरिएको परीक्षण नतिजा यो उमेर समूहका बालबालिकामा सशक्त एन्टीबडी निर्माण हुने देखाएको थियो ।अमेरिकामा हाल १२ वर्षमाथिका बालबालिकालाई उक्त खोप यसअघि नै दिन थालिएको छ । पछिल्लो निर्णयबाट २ करोड ८ लाख अमेरिकी बालबालिका लाभान्वित हुनेछन् । एफडीए र सीडीसी (रोग नियन्त्रण तथा रोकथाम केन्द्र)ले अनुमति दिएपछि उक्त निर्णय लागू हुनेछ । एफडीएका विज्ञले खोप लगाएपछि यसबाट उत्पन्न हुन सक्ने स्वास्थ्य जोखिमभन्दा फाइदा धेरै भएको पनि बताएका छन् ।अनुमित पाउन साथ ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई वयस्कलाई दिइने खोपको एकतिहाई मात्रा दिइनेछ । हालसम्म अमेरिकामा कोरोना भाइरसबाट सात लाख ४० हजार मानिसको मृत्यु भएको छ । यसैबीच, सोमबार मोर्डनाले परीक्षणबाट ६ देखि ११ वर्ष उमेर समूहका बालबालिकाको शरीरमा आफ्नो खोप लगाउँदा ‘भाइरसलाई जित्ने सशक्त एन्टीबडी’ उत्पादन हुने देखिएको र नियमनकर्ता समक्ष परीक्षणको नतिजा पेश गरिने बताएको छ । बेलायतले भर्खर मात्रै १२ देखि १५ वर्षका बालबालिकालाई कोभिड खोप दिन सुरु गरेको छ । स्वास्थ्य अधिकारीले उक्त उमेर समूहका बालबालिकालाई एक डोज खोप लगाउन सिफारिस गरेका छन् । बीबीसीका अनुसार ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई खोप दिने निर्णय ऐतिहासिक भएको र यसबाट अन्य मुलुक समेत प्रभावित छन् ।
प्रकाशित मिति: बुधबार, कात्तिक १०, २०७८  १४:५९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP