शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • भत्ता बुझ्न ज्येष्ठ नागरिकलाई समस्या
भत्ता बुझ्न ज्येष्ठ नागरिकलाई समस्या
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, कात्तिक १६, २०७८
nagarik
जाजरकोट । एकहत्तर वर्षीया धनसरी थापाले सामाजिक सुरक्षाभत्ता बुझ्न नातिका सहरामा नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्लीस्थित एक बैंकमा पुगेको बताउनुभयो। उहाँलाई घरबाट दल्ली पुग्न दुई दिन लागेको थियो । राम्रोसँग टाढा देख्न नसक्ने उनलाई यसरी दुःख दिएकामा नरमाइलो लागेको छ। आउँदा, जाँदा बाटोमा उनका करिब चार हजारभन्दा बढी रुपैयाँ खर्च भइसकेका छन्।बूढो शरीर, आधा बाटो हिँडेरै आएको र आधाबाट गाडीमा आएको भन्दै उहाँले भन्नुभयो, 'घरघरमा लिएर बुझाएको भए राम्रो हुने थियो । धेरै दुःख पाइने गर्छ। पहिला पहिला घरमै बुझाउँथे तर बीचमै आधार रकम आफूले खाएर हामीलाई दिएको पनि थाहा पायौं, बैंकले नै घुम्ती सेवा लिएर भत्ता बुझाएको भए कति राम्रो हुन्थ्यो।' यहाँका ज्येष्ठ नागरिक, एकल महिलाहरुको काम सोमबारसमेत पूरा नभएपछि मङ्गलबार हुने आश गरेको अर्की कुमारी विकले बताउनुभयो ।उहाँले भन्नुभयो, 'हाम्रो छिमेकी जिल्ला रुकुम पश्चिमको आठबीसकोटमा बैंकका कर्मचारी गाउँमै गएर भत्ता बुझाएका थिए, हामीलाई पनि त्यस्तै गरेको भए राम्रो हुने थियो। आउँदा, जाँदा धेरै दुःख पाइन्छ र पैसा पनि आधा खर्च भइहाल्छ।' नलगाडको सबभन्दा टाढाको वडाका रूपमा रहेको वडा नं ११, १२ र १३ रहेको छ। डोल्पाको सीमानासँग जोडिएका यी वडामा बसोबास गर्ने सर्वसाधारणलाई पालिकाको मुकामसम्म आउन र जानमात्र दुई दिनभन्दा बढी लाग्छ।सम्बन्धित व्यक्तिबाहेक अरू आएमा बैंकले रकम भुक्तानी नगर्ने भएकाले आफैं रकम लिन आउनु परेको स्थानीयबासी हस्त कामीले बताउनुभयो। जाजरकोट–डोल्पा सडकखण्डको बीचमा पर्ने यी ठाउँ दुर्गम मध्येमा पर्दछन्। सामाजिक सुरक्षा भत्ता बुझ्न आउने सबै नागरिकलाई चार, चार महिनामा दुःख बैंक आउँदा समस्या हुने गरेको छ।नगरपालिकाबाट वितरण हुँदै आएको पोषण भत्तासमेत पूरा नपाएको उनीहरूका गुनासो छ। त्यस्तै, पश्चिम जुनिचाँदे गाउँपालिकाका सर्वसाधारणहरूसमेत सदरमुकाम आएर भत्ता बुझ्ने गरेका छन्। जिल्लाको टाढा मध्येको पालिका जुनिचाँदेसमेत पर्दछ। पालिकामा बैंक स्थापना नहुँदा सदरमुकाम आएर सबै कारोबार गर्नुपरेको छ। रासस
प्रकाशित मिति: मंगलबार, कात्तिक १६, २०७८  १५:०९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP