शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
अन्तर्राष्ट्रिय
  • गृहपृष्ठ
  • ओमिक्रोनको प्रभावले अस्ट्रेलिया प्रवेशमा पुनः कडाइ
ओमिक्रोनको प्रभावले अस्ट्रेलिया प्रवेशमा पुनः कडाइ
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, मंसिर १३, २०७८
सिड्नी । आगामी डिसेम्बेर १ देखि मान्यता प्राप्त खोपका दुवै मात्रा लगाएका भिसा वाहक, दक्ष कामदार तथा अन्तर्राष्ट्रिय विद्यार्थीका लागि खुलेको अस्ट्रेलियाको अन्तर्राष्ट्रिय सिमामा पुनः कडाइ हुने भएको छ। अष्ट्रेलिया भित्रिएका तीन यात्रुमा ओमिक्रोन भेरिएन्ट प्रमाणित भएपछि आगामी दिनमा अष्ट्रेलियाले केही कडाइ गर्न लागेको हो। दक्षिण अफ्रीकाबाट सिड्नी आएका दुई अन्तर्राष्ट्रिय यात्रुलाई ओमिक्रोन प्रमाणित भएपछि उनीहरूलाई विशेष निगरानीका साथ क्वारेन्टाइनमा राखिएको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। अफ्रिकामा हालै देखिएको नयाँ भेरियन्टको अस्ट्रेलियामा पनि देखिएपछि प्रधानमन्त्री स्कट मोरिसनले छलफलका लागि आकस्मिक मन्त्रिपरिषदको बैठक बोलाएका छन्।कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन निकै संक्रामक रहेको विश्व स्वास्थ्य संगठनले जानकारी गराएको छ। यसअघि फैलिएको डेल्टा भेरियन्टभन्दा यो पाँच गुणा संक्रमण बढी संक्रामक रहेको वैज्ञानिकहरूको दाबी छ। दक्षिण अफ्रिकामा कोरोना भाइरसको अस्वाभाविक तीव्रता बढ्दै गएपछि ९ नोभेम्बरमा संकलन गरिएको नमूनाको जेनेटिक विश्लेषण गर्दा बी.१.१.५२९ भाइरस भएको पत्ता लागेको थियो । २६ नोभेम्बरमा विश्व स्वास्थ संगठनले प्रेस विज्ञप्तिमार्फत् सो भाइरसलाई ‘ओमिक्रोन भेरियन्ट’ नामकरण गर्‍यो र यसलाई ‘भेरियन्ट अफ कन्सर्न' अन्तर्गत राखिएको छ। उक्त भेरिएन्ट सजिलै फैलने, असर धेरै पार्नसक्ने र उपचार गर्न गाह्रो हुने प्रकारको रहेको भन्दै यसलाई सङ्गठनले ‘भेरिएन्ट अफ कन्सर्न’ का रूपमा राखेपछि पुनः विश्वभरनै यसको त्रास फैलिएको हो। ओमिक्रोन भेरिएन्टलाई लिएर स्वास्थ्य अधिकारीको राय बमोजिम अस्ट्रेलियाले आफ्नो सीमा व्यवस्थामा कडाइ गर्ने निर्णय गरेको छ। ओमिक्रोनको जोखिम भएको क्षेत्रबाट आएका ५४ जना यात्रुलाई १४ दिन क्वारेन्टिनमा राखिएको छ। दक्षिण अस्ट्रेलियाले सम्पूर्ण अन्तर्राष्ट्रिय आगन्तुक जो उच्च जोखिमयुक्त क्षेत्रबाट आएका छन् उनीहरूले १४ दिनको क्वारेन्टिनमा बस्नुपर्ने बाध्यकारी व्यवस्था ल्याइएको छ। त्यसबाहेक अस्ट्रेलियाले ९ वटा दक्षिण अफ्रिकी राष्ट्रबाट आउने उडानलाई प्रतिबन्ध लगाउने निर्णय गरेको छ। जसमा दक्षिण अफ्रिका, बोट्सवाना, लेसोथो, जिम्बाम्बे, मोजाम्बिक, नामिबिया, एस्वाटिनी, सेसेल्स र मलावीबाट आउने अस्ट्रेलियाका नागरिक तथा स्थायी बासिन्दाबाहेकलाई प्रवेश निषेध गरिएको हो। जापान र इजरायलले भने यो भाइरेन्ट फैलिन थालेपछि केहि समयका लागि देशको बोर्डर सबैका लागि बन्द गर्ने निर्णय गरिसकेका छन्। सेतोपाटीबाट
प्रकाशित मिति: सोमबार, मंसिर १३, २०७८  १६:३१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP