दरवाङ । म्याग्दीको मालिका गाउँपालिका–६, दरवाङमा ८औँ पश्चिम म्याग्दी ७–ए साइड फुटबल प्रतियोगिता–२०८३ आयोजना हुने भएको छ । दरवाङ युवा क्लबको आयोजनामा आगामी कात्तिक ७ गतेदेखि ११ गते सम्म जनप्रिय खेलमैदानमा प्रतियोगिता सञ्चालन हुने भएको हो ।
प्रतियोगिताको उद्घाटन कार्यक्रम कात्तिक ६ गते बेलुका ४ बजे दरवाङ युथ क्लबको भवनमा हुने छ । प्रतियोगितामा सहभागी हुन इच्छुक टोलीले सोही दिन बेलुका ४ बजेसम्म जनप्रिय खेलमैदानमा नाम दर्ता गराउन सक्ने छन् । प्रतियोगितामा सहभागी हुन टिम दर्ताका लागि ११ हजार रुपियाँ शुल्क निर्धारण गरिएको छ । खेल कात्तिक ७ गते बिहान ९ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेता टोलीले एक लाख ११ हजार १११ रुपैयाँ र उपविजेताले ७७ हजार ७७७ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन् । त्यस्तै, सेमिफाइनलबाट बाहिरिने टोलीलाई ११ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ ।
व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक तथा उत्कृष्ट डिफेन्डरलाई पुरस्कृत गरिनेछ । साथै, प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ‘म्यान अफ द म्याच’ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
पश्चिम म्याग्दीको खेलकुद विकास, स्थानीय प्रतिभाको पहिचान तथा फुटबल खेलको प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको क्लवले जनाएको छ ।