शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • सिन्धुलीको दुधौलीमा जंगली हात्तीले ६ घर भत्कायो
सिन्धुलीको दुधौलीमा जंगली हात्तीले ६ घर भत्कायो
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, पुस ४, २०७८
pic
सिन्धुली । दुधौली नगरपालिका–११ माथिल्लो पत्रिङ्गामा जंगली हात्तीले थप ६ घर भत्काएको छ । हात्तीले माथिल्लो पत्रिङ्गामा शनिबार राति ६ घर भत्काएको वडाध्यक्ष कुमार लामाले जानकारी दिनुभयो। माथिल्लो पत्रिङ्गाकाका आना सदा, जोगेन्दर सदा, शुक्र सदा, मन्जु धामी, राजु धामी र लक्ष्मी धामीको घर तीन वटाको संख्यामा आएको जंगली हात्तीले भत्काएर नष्ट पारेको छ । हात्ती आएको संकेत पाउनासाथ रातभर लुकेर परिवारले ज्यान जोगाएको वडाध्यक्ष लामाले जनाए । जंगली हात्तीले घर भत्काउनुका साथै भण्डारमा राखेको धान, अन्य अन्नबाली, केरालगायत फलफूल नष्ट गरिदिएको छ । टायलको छाना लगाएको घर भत्काउँदा भाँडावर्तन र लत्ताकपडासमेत नष्ट भएको पीडित परिवारले बताएका छन् । अहिले पनि हात्ती बस्ती नजिकै लमाहा खोल्सीमा हुनसक्ने भन्दै स्थानीय त्रसित छन् । आगोको धुनी जगाएर स्थानीयहरु हात्तीबाट जोगिन जाग्राम बस्ने गरेका छन् । एउटा ठूलो र दुई साना हात्ती कमलाखोंच क्षेत्रको जंगलमा तीनदिन अघिदेखि देखिएर स्थानीयको घर भत्काउनुका साथै अन्नपात खाइदिने र नष्ट गरिदिने गरेको छ । जंगली हात्तीको त्रासले स्थानीयहरु घाँस दाउराका लागि जंगल छिर्न सकेका छैनन् । हात्ती दिउँसो जंगलमा बस्ने राति बस्तीमा छिरेर घर भत्काइ उपद्रो मच्चाउने गरेका छन् । रात पर्नासाथ डरत्रासमा रहेका स्थानीय पूर्व-पश्चिम दुवैतिरबाट आगोको धुनी जगाउने भएकाले हात्तीले आफ्नो बाटो छाडेर बस्ती पसेको भन्दै वडाध्यक्ष लामाले जंगली हात्तीले दुस्ख दिएको जानकारी डिभिजन वन कार्यालयलाई गराएको जनाउनुभयो । डिभिजन वन कार्यालय सिन्धुलीले कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट वर्षेनी जंगली हात्ती स्थानान्तर हुनेक्रममा आएको हुनसक्ने भएकाले सुरक्षित रहि अवरोध नगर्न सूचना जारी गरेको छ । डिभिजन वन प्रमुख थीरबहादुर कार्की हात्ती हिँड्ने बाटोमा अवरोध सिर्जना नगरे आफ्नो बाटो लाग्ने बताउनुभएको छ । भन्नुहुन्छ, ‘अहिलेसम्म मानवीय क्षति पुर्‍याएको छैन । सतर्क रहेर जंगली हात्तीलाई आफ्नो बाटो लाग्न दिनु नै बुद्धिमानी ठहर्छ ।’गत वर्ष पनि हात्तीले दुधौली नगरपालिकाको विभिन्न वडामा दुई दर्जनभन्दा बढी घर भत्काएर क्षति पुर्‍याएको थियो । ekantipurबाट
प्रकाशित मिति: आइतबार, पुस ४, २०७८  १६:३८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP