शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • बाथरूममा बेहोस भएका काठमाडौं मोडल कलेजका विद्यार्थीको मृत्यु , साथीहरुद्धारा प्रदर्शन
बाथरूममा बेहोस भएका काठमाडौं मोडल कलेजका विद्यार्थीको मृत्यु , साथीहरुद्धारा प्रदर्शन
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, पुस ६, २०७८
student
काठमाडौं । बागबजारस्थित काठमाडौं मोडल कलेजका एक विद्यार्थीको मृत्यु भएको छ। सोमबार दिउँसो नुहाउन गएका रौतहटका १८ वर्षीय सुशील सहनी बाथरूममै बेहोस भएका थिए। उनी कलेजको होस्टेलमा बस्थे। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक एसपी दिनेशराज मैनालीका अनुसार दिउँसो ३र४ बजेतिर अस्पताल लगिएको थियो।अस्पतालले सहनीलाई मृत घोषणा गरेको थियो । प्रहरी उपरीक्षक मैनालीले ग्यास गिजरमा पानी तताएर नुहाउन खोज्दा भेन्टिलेसनको कमीले सहनी बेहोस भएको हुन सक्ने बताउनुभयो।अहिलेसम्म ग्यास गिजरको कारण मृत्यु भएको भन्ने छ। प्रहरीले अनुसन्धान गरिरहेको छ,’ मैनालीले भन्नुभयो। कक्षा ११ मा पढ्ने सहनीको मृत्यु भएपछि मंगलबार विद्यार्थीहरूले क्याम्पसको लापरवाहीले साथीको मृत्यु भएको भन्दै प्रदर्शन गरेका छन्। जाडो मौसममा नुहाउन बाथरूमभित्र मात्रै होइन, कोठा तताउन बालिएको हिटरको कारणले पनि निसास्सिएर मृत्यु हुने गरेको छ।फिजिसियन डाक्टर निमेश पौडेल यस्तो मृत्युमा ग्यास गिजर मात्रको दोष हैन। बाथरूममा राखिने भेन्टिलेसन पनि हो। ‘हामी प्रायस् नुहाउन बाथरुम छिर्दा झ्याल ढोका लगाउँछौं, अनि ग्यास गिजन चलाउछौं,’ पौडेलले भन्नुभयो, ‘त्यसपछि ग्यास गिजरबाट निस्कने कार्वन मोनोअक्साइडको मात्रा शरीरमा बढ्दै जान्छ, अक्सिजन कमी हुन्छ र मानिस बेहोस हुन्छन्।’बेहोस बिरामीलाई तत्कालै खुल्ला ठाउँमा वा पर्याप्त अक्सिजन भएको ठाउँमा लैजान सके बचाउन सकिन्छ। ‘तर, हाम्रोमा बाथरुम छिरेर लामो समय बस्ने र बाहिर कसैले वास्ता नगर्दा यस्तो जोखिम बढेको छ,’ उहाँले भन्नुभयो।नुहाउँदा थाहा नै नपाई बेहोस नहुने उहाँले बताउनुभयो। सुरूमा टाउको दुख्ने, रिंगटा लाग्ने हुन्छ। त्यसलाई ख्याल नगर्दा पछि दिमागले काम गर्न छोड्छ। ‘कहाँ छु भन्ने थाहा हुन छोड्छ। र, मानिस बेहोस हुन्छ,’ उहाँ भन्नुहुन्छ । यस्तै, टेकु अस्पतालका फिजिसियन डाक्टर शेरबहादुर पुन पनि पौडेलको जस्तै तर्क गर्छन्। ‘यसको मुख्य कारण भनेको अक्सिजन पर्याप्त नहुनु हो। ग्यास गिजरबाट निस्कने हानीकारक रसायनले मानिसको मत्यु हुन्छ,’ उहाँले भन्नुभयो। उहाँ ग्यास गिजर किन्दा, जोड्दा यसको प्रयोग कसरी गर्ने भन्ने जानकारी नदिँदा जोखिम अझै बढेको बताउँनुहुन्छ । ‘गिजर जोड्ने मान्छे आउँछ जोडेर जान्छ, त्यसलाई कसरी प्रयोग गर्ने भन्ने सिकाएको भेटिँदैन,’ पुनले भन्नुभयो, ‘प्रायस् परिवारमा पनि यस विषयमा चर्चा गरेको पाइँदैन। त्यसैले यस्तो दुर्घटना बढेको छ।’ पौडेल गिजर अन गरेर लामो समयसम्म बाथरुममा नबस्न सुझाव दिनुहुन्छ। भन्नुहुनछ, ‘कसैको एक घण्टा वा लामो समय बाथरुममा बस्ने बानी हुन्छ, गिजर खोलेर नुहाउँदा बेला–बेलामा बन्द गर्नुपर्छ र सकेसम्म छिटो नुहाइसक्नुपर्छ,’ उहाँले भन्नुभयो।पुन भने परम्परागत तरिकाले पानी तताएर बाथरुममा लगेर नुहाउन सल्लाह दिनुहुनछ । सेतोपाटीबाट
प्रकाशित मिति: मंगलबार, पुस ६, २०७८  ११:४८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP