शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • काठमाडौंमा हाम्रो अपेक्षाभन्दा बढी बिजुलीको माग आएकाले समस्या भयो : घिसिङ
काठमाडौंमा हाम्रो अपेक्षाभन्दा बढी बिजुलीको माग आएकाले समस्या भयो : घिसिङ
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, पुस १६, २०७८
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले काठमाडौं उपत्यकामा आफूहरूले अपेक्षा गरेभन्दा बढी बिजुलीको माग आएको बताउनुभएको छ । शुक्रबार विद्युत प्राधिकरणमा पत्रकार सम्मेलन गर्दै घिसिङले माग बढेपछि काठमाडौंको वितरण प्रणालीमा केही ठाउँमा समस्या देखिएको स्वीकार्नुभयो। उहाँका अनुसार काठमाडौंमा अहिले पिक आवरमा झन्डै ५ सय मेगावाट बिजुलीको माग छ। जुन पोहोर सालको भन्दा ८० मेगावाट बढी हो। ‘माग बढेपछि हाम्रा फिडर लाइन र ट्रान्सफर्मरहरू ओभरलोडेड भएका छन्,’ घिसिङले भन्नुभयो,‘उपत्यकाभरि झन्डै ३८ सय ट्रान्सफर्मर छन्। तीमध्ये ५०–६० वटामा समस्या आएको हो।’उपत्यकामा अहिले धेरैजसो ट्रान्सफर्मर २०० केभिएका छन्। लोड बढेपछि उक्त ठाउँमा ३ सय केभिएको ट्रान्सफर्मर राखिन्छ। ‘३ सय केभिएकोले पनि पुगेन भने अर्को ट्रान्सफर्मर थप्नुपर्छ,’ घिसिङले भन्नुभयो,‘स्थानीयले आफ्नो घरनजिक राख्न दिँदैनन्। त्यसले समस्या भएको छ।’उहाँले काठमाडौंका केही ठाउँमा बिजुलीको माग आफूहरूले अपेक्षा गरेभन्दा बढी भएको बताउनुभयो।‘तपाईंहरू धेरै बिजुली नबाल्नुस् म भन्दिनँ। माग बढ्नु हाम्रा लागि धेरै राम्रो कुरा हो,’ घिसिङले भन्नुभयो।उहाँले विगत दुई–तीन दिनमा काठमाडौं उपत्यकाका विद्युत वितरण नियमित गर्न नसकेकोमा क्षमा पनि माग्नुभयो। ‘यो समस्यलाई हामीले अवसरका रूपमा पनि लिएका छौं,’ घिसिङले भन्नुभयो,‘यसले हामीलाई कस्ता पूर्वाधार बनाउनुपर्छ भने शिक्षा दिएको छ।’यसअघि पनि काठमाडौं उपत्यकामा २ हजार बढी मेगावाटको आपूर्ति धान्ने गरी संरचना बनाउने काम भइरहेको उहाँले बताउनुभयो।‘काठमाडौंका ९ स्थानमा सबस्टेशन बनाउँदैछौं। तारहरू भूमिगत गर्दैछौं,’ घिसिङले भन्नुभयो,‘काठमाडौंको विद्युत वितरण भरपर्दो हुन डेढ–दुई वर्ष लाग्न सक्छ।’ उहाँले काठमाडौं उपत्यकाको हिउँदको बिजुलीको माग अझै ‘फिक्स’ नभएको बताउनुभयो। 'अहिले मानिसहरूले हिटर, इन्डक्सन चुल्हो, एसी किनिरहेका छन्। यो क्रम बढ्दो छ। काठमाडौंमा मागको ट्रेन्ड अझै फिक्स भएको छैन,’ घिसिङले भन्नुभयो,‘काठमाडौंको माग फिक्स हुने बेलासम्म हाम्रा पूर्वाधारहरू पनि तयार भइसक्छन्।’सेतोपाटीबाट
प्रकाशित मिति: शुक्रबार, पुस १६, २०७८  १४:२०
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP