शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • राष्ट्रिय प्रसारण लाइनमा जोडियो ताराखोला जलविद्युत्
राष्ट्रिय प्रसारण लाइनमा जोडियो ताराखोला जलविद्युत्
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, माघ १२, २०७८
jalbifhhut
गलकोट । ताराखोला जलविद्युत् आयोजना विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । दुई वर्षदेखि विद्युत् उत्पादन गर्दै आए पनि अहिले बल्ल राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । २८० किलोवाट क्षमताको सो आयोजनाको हालसम्म जम्मा विद्युत् खपत १०० किलोवाट मात्रै रहेको थियो। दुई वर्षदेखि १८० किलोवाट विद्युत् खेर गइरहेको र अहिले राष्ट्रिय प्रसारणमा जोडिएको ताराखोला जलविद्युत् लिमिटेडका अध्यक्ष हिमाल विकले जानकारी दिनुभयो। 'दुई वर्षदेखि विद्युत् उत्पादन भइरहेको थियो, उत्पादनको आधा विद्युत्समेत गाउँमा खपत भएको थिएन, गाउँमा जम्मा एक हजार ३०० घरमा विद्युतीकरण गरिएको छ,' उहाँले भन्नुभयो, 'अहिले नेपाल विद्युत् प्राधिकरणसँग खरिद बिक्री सम्झौता (नेट मिटरिङ पिपिए) गरेका छौँ। गत माघ ११ गतेदेखि आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ।'उत्पादन भएर खेर गइरहेको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएपछि जलविद्युत् आयोजना फाइदामा जाने भएको छ। दुई वर्षदेखि १८० किलोवाट विद्युत् खेर गइरहेको ताराखोला जलविद्युत् आयोजनाले जनाएको छ। प्राधिकरणअन्तर्गत गलकोटको हरिचौर सबस्टेसन मार्फ ताराखोलाको अर्गलमा वितरण गरिएको प्रसारण लाइनमा सो आयोजनाले उत्पादन गरेको विद्युत् जोडिएको प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख दिलीप मरासिनिले जानकारी जानकारी दिनुभयो । उहाँकाअनुसार राष्ट्रिय प्रसारण लाइनमा जोड्न प्राधिकरणले दिएको अनुमतिअनुसार आयोजनालाई राष्ट्रिय प्रसारण आयोजनाको ११ केभिए प्रसारण लाइनमा जोडिएको छ। सो आयोजनाले उत्पादन गरेको विद्युत् प्राधिकरणले खपत गर्ने र आयोजनाले कम उत्पादन गर्दा प्राधिकरणको विद्युत् आयोजनामार्फत वितरण गर्ने गरी सम्झौता भएको छ । केन्द्र प्रमुख मरासिनीका अनुसार छ महिना (मङ्सिरदेखि वैशाख) सम्म प्रतियुनिट आठ रुपैयाँ ४० पैसा र अर्को छ महिना (जेठदेखि कात्तिक) सम्म प्रतियुनिट चार रुपैया ८० पैसामा खरिदबिक्री गर्ने सम्झौता भएको छ। सम्झौताले स्थानीयवासीलाई बढी फाइदा पुग्ने उहाँको भनाइ छ। स्थानीय जलविद्युत् समस्यामा बन्द हुँदासमेत गाउँमा प्राधिकरणको विद्युत् पठाउन सकिन्छ। nagariknews.nagariknetworkबाट
प्रकाशित मिति: बुधबार, माघ १२, २०७८  १३:२६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP