शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
अन्तर्राष्ट्रिय
  • गृहपृष्ठ
  • अमेरिकाद्वारा युक्रेनलाई एक अर्ब डलरको मद्दत गर्ने घोषणा
अमेरिकाद्वारा युक्रेनलाई एक अर्ब डलरको मद्दत गर्ने घोषणा
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, फागुन ३, २०७८
biden
एजेन्सी । रुसको तर्फबाट युक्रेनमा कुनै पनि बेला हमलाको सम्भावनाकाबीच अमेरिकी विदेशमन्त्री एन्टनी ब्लिङ्कनले अमेरिकाले युक्रेनलाई एक बिलियन डलरको आर्थिक मद्दत गर्ने घोषणा गरेको छ । ब्लिङ्कनले भन्नुभयो, ‘हामी युक्रेनका लागि बलियो अन्तर्राष्ट्रिय समर्थन जुटाउनका लागि सहयोगीसँग मिलेर काम गरिरहेका छौँ, युक्रेनमा प्रमुख सुधारको समर्थन दिनका लागि अमेरिका १ बिलियन डलरको ऋण दिनेछ । यसले युक्रेनलाई समृद्ध बनाउन मद्दत गर्नेछ ।’ यसअघि अमेरिकी राष्ट्रपति जो बोइडेन र बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले भनेका थिए, ‘युक्रेन संकटको कुटनीतिक समाधानका लागि सबै आशा अहिले नै समाप्त भएका थिएनन् । युक्रेनमा रुसको सैन्य कारवाहीको चेतावनीपश्चात् पनि एउटा सम्झौता अहिले पनि सम्भव छ ।’दुबै नेताले फोनमा भएको कुराकानीमा यसबारे सहमति व्यक्त गर्नुभएको थियो। रुसले युक्रेनको सीमामा एक लाख सैनिक तैनाथ गरेको छ, तर उनीहरुले हमलाको कुरालाई अस्वीकार गर्दै आउनुभएको छ। लगभग दर्जन बढी देशले आफ्नो नागरिकलाई तुरुन्त युक्रेन छोड्न भनेको छ । यस्तै अमेरिकाका अनुसार युक्रेनमाथि हवाई हमला कुनै पनि बेला सुरु हुनसक्छ । अमेरिकाले आफ्ना सबै नागरिकलाई युक्रेन छोड्न सल्लाह दिएको छ । रातोपाटीबाट
प्रकाशित मिति: मंगलबार, फागुन ३, २०७८  ११:१३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP