शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • इन्धनको मूल्य भारतमा भन्दा नेपालमा महँगो
इन्धनको मूल्य भारतमा भन्दा नेपालमा महँगो
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, जेठ १२, २०७९
काठमाडौं । नेपाल आयल निगमले ८ दिनको फरकमा दुई पटक इन्धनको मूल्यवृद्धि गरेपछि भारतमा भन्दा नेपालमा इन्धनको मूल्य महँगो भएको छ । नेपाल आयल निगमले ७ वैशाखको राति गरेको मूल्यवृद्धि पछि नेपाल–भारत सीमा क्षेत्रमा डिजेलको भाउ लिटरमा १० रुपैयाँ र पेट्रोलमा ५ देखि ६ रुपैयाँसम्म नेपालतर्फ महँगो भएको नेपाल आयल निगमले जनाएको छ । अहिले धनगढी नजिकको भारतीय बजारमा पेट्रोलको मूल्य नेपाली रुपैयाँ १७५ छ भने डिजेलको मूल्य १५० रुपैयाँ पर्छ । यता नेपालतर्फको धनगढी बजारमा पेट्रोलको प्रतिलिटर मूल्य १८० रुपैयाँ र डिजेलको प्रतिलिटर मूल्य १६० रुपैयाँ पर्छ । विराटनगरमा पनि सीमा क्षेत्रको मूल्यान्तर उस्तै छ । निगमको विराटनगर कार्यालयकाअनुसार नेपाली बजारमा १६० रुपैयाँमा पेट्रोल र १८० रुपैयाँमा डिजेलको खरिद बिक्री भइरहेको छ । तर, नजिकैको भारतीय बजार जोगवनीमा डिजेल प्रतिलिटर १५० र पेट्रोल प्रतिलिटर १७५ नेपाली रुपैयाँमा पाइन्छ । यता विरगञ्जमा भने डिजेलमा १० र पट्रोलमा ६ रुपैयाँ प्रतिलिटर मूल्यान्तर छ । नेपाल पारीको भारतीय रक्सौल बजारमा १७४ रुपैयाँमा पेट्रोल पाइन्छ भने नेपालतर्फको १८० रुपैयाँ पेट्रोललाई पर्छ । यस्तै १५० रुपैयाँ नेपालीमा पाइने डिजेललाई नेपाली बजारमा १६० रुपैयाँ पर्छ ।नेपाल आयल निगमले उपभोक्ता मूल्य बढाउने र भारतका विभिन्न प्रान्तले इन्धनमा लगाएको कर घटाउने नीतिका कारण नेपालतर्फ इन्धनको मूल्य महँगो भएको हो । यसअघि इन्धनको मूल्य सस्तो भएका कारण नेपालबाट भारततर्फ इन्धनको तस्करी हुने गर्थ्यो । नेपालतर्फ इन्धन सस्तो हुँदा तस्करी बढेको भन्दै नेपाल आयल निगमले इन्धनको मूल्य बढाउँदै आएको थियो ।तर अहिले भने इन्धनको मूल्य नेपालतर्फ महँगो भएका कारण भारतबाट तस्करीको जोखिम बढेको छ । जसका कारण सीमा क्षेत्रमा पूँजी पलायनको जोखिम बढ्ने जानकारहरु बताउँछन् । अनलाइनखबरबाट
प्रकाशित मिति: बिहीबार, जेठ १२, २०७९  १४:०१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP