शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • ७.२१ अंकले घट्यो सेयर बजार
७.२१ अंकले घट्यो सेयर बजार
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, जेठ १८, २०७९
काठमाडौं । बुधबार पनि सेयर बजार ओरोलो लागेको छ । बुधबार कारोबारमा आएका १३ उपसमूह मध्ये तीन वटा मात्रैमा हरियाली छायो भने बाँकी १० उपसमूह राताम्मे रह्यो । बुधबार ७.२१ अंकले घटेर बजार २१३०.७१ अंकमा आइपुगेको छ । सरकारले नयाँ बजेट घोषणा गरेपछि सेयर बजार निरन्तर ओरालो लागेको छ । बुधबार २२७ कम्पनीको सेयर दोस्रो बजारमा कारोबारमा आउँदा कुल कारोबार एक अर्ब ७ करोडमा खुम्चियो । कारोबारमा आएका मध्ये १०१ कम्पनीको सेयर मूल्य बढ्दा ८४ कम्पनीको मूल्य ओरालो लागेको छ भने १० कम्पनीको मूल्यमा कुनै परिवर्तन आएन । घटेको बजारमा पनि मैलुङखोला जलविद्युतको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो भने बलेफी हाइड्रोको मूल्य पनि ९.९४ प्रतिशतले बढ्यो । आज धेरै कमाउने अन्य कम्पनीमा नारायणी डेभलपमेन्ट बैंक, उपकार लघुवित्त र माउण्टेन इनर्जी हाइड्रो रह्यो । बुधबारको बजारमा धेरै गुमाउने कम्पनीमा शिखर इन्स्योरेन्स रह्यो । कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको थियो । यस्तै नेपाल इन्भेष्ट मन्ट बैंक, गुराँस लघुवित्त कम्पनीको शेयर मूल्य पनि ७ प्रतिशत हाराहारीले घट्यो । अनलाइनखबरबाट
प्रकाशित मिति: बुधबार, जेठ १८, २०७९  १५:२८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP