शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • एक सातामा नेप्से १४५.०८ अंकले गिरावट
एक सातामा नेप्से १४५.०८ अंकले गिरावट
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, जेठ २२, २०७९
काठमाडौँ । शेयर बजार मापक नेप्से परिसूचक पछिल्लो एक सातामा उच्च अंकले गिरावट आएको छ । साताको पाँच दिन भएको कारोबारमा नेप्से १४५.०८ अंक घटेको हो । गत साताको अन्तिम कारोबार दिन शुक्रवार २२२३.७८ बिन्दुमा रहेको नेप्से यो साताको अन्तिम कारोवार शुक्रवारसम्म १४५.०८ अंकले घटेर २०७८.७० बिन्दुमा झरेको छ । शेयर बजार लामो समयदेखि निरन्तर रुपमा गिरावट हुँदै आएको छ । बजारमा आएको निरन्तर गिरावटका कारण १० महिना अघि ३२ अंक नजिक पुगेको नेप्से इन्डेक्स करिव ११२० अंकले गिरावट आएर २०७८.७० अंकको बिन्दुमा झरेको छ । चालु आर्थिक वर्षको सुरुवातसँगै बैंकिङ प्रणालीमा आएको लगानी योग्य रकम (तरलता)को अभाव तथा नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिले शेयर धितो कर्जामा लगाएको ४, १२ करोडको नीतिका कारण शेयर बजार घट्दै गएको छ। लगानीकर्ताहरुले आन्दोलनदेखि ४/१२ करोडको व्यवस्थालाई संशोधन गर्न बारम्बार अर्थमन्त्री तथा राष्ट्र बैंकसँग माग गर्दै आएका छन्। आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा ४/१२ नीति हटाउन माग गरे पनि सरकारले शेयर लगानी कर्ताको माग सुनुवाइ भएको देखिएको छैन । सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएपछि शेयर बजारमा सुधार आउने लगानीकर्ताको अपेक्षा थियो । तर, सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट शेयर बजार मैत्री नदेखिएसँगै बजार भारी अंकले घट्दै गएको छ । सातामा पाँच दिन भएको कारोबारमा पाँचै दिन नेप्सेमा गिरावट आएको छ । जेठ १५ गते अर्थमन्त्रीले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटपछि अर्थात् साताको पहिलो कारोबारका दिन सोमवार नेप्से परिसूचक ४५.०९ अंक घटेर २१७८.६९ बिन्दुमा झरेको थियो । उक्त दिन कारोबारमा आएका २२७ कम्पनीको ३ लाख ५६ हजार कित्ता शेयर १ अर्ब ३३ करोड ८८ लाख ५६ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो । त्यस्तै, साताको दोस्रो कारोबार दिन मंगलवार नेप्से परिसूचक ३५.५३ अंक घटेर २१३७.९२ बिन्दुमा झरेको थियो । मंगलवार नेप्सेसँगै कारोबार रकममा पनि सामान्य गिरावट आएको थियो । मंगलवार कारोबारमा आएका २२९ कम्पनीको लाख ६९ हजार कित्ता शेयर १ अर्ब ३१ करोड ७६ लाख रुपैयाँ बराबरको ३७ खरिदबिक्री भएको थियो । बुधवार पनि नेप्से परिसूचक र कारोबार रकम दुवै घटेको थियो । बुधवार कारोबारमा आएका २२७ कम्पनीको ३० लाख २० हजार कित्ता शेयर १ अर्ब ७ करोड ८५ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो । त्यस्तै, बिहीवार शेयर बजार मापन गर्ने सूचक १८.२६ अंकले घटेर परिसूचक २११२.४७ बिन्दु झरेको थियो । बिहीवार कारोबारमा आएका २२७ कम्पनीको ३५ लाख ६६ हजार ८१९ कित्ता सेयर १ अर्ब १६ करोड १५ लाख १४ हजार १६८ रुपैयाँको सेयर किनबेच भएको थियो । साताको अन्तिम कारोबार दिन नेप्से ३३.७६ अंक घटेर २०७८.७० बिन्दुमा झरेको छ। शुक्रवार कारोबारमा आएका २२६ कम्पनीको ३८ लाख ४८ हजार कित्ता शेयर १ अर्ब ३० करोड ७३ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । त्यस्तै, नेप्से परिसूचकमा उच्च अंकले गिरावट आउँदा सातामा नेप्सेको कुल बजार पुँजीकरण २ खर्बभन्दा बढी घटेको छ। गत साताको अन्तिम कारोबार दिन ३१ खर्ब ६६ अर्ब रुपैयाँ रहेको नेप्सेको यस्तो पुँजीकरण घटेर २९ खर्ब ५९ अर्बमा सिमित भएको छ । रातोपाटीबाट
प्रकाशित मिति: आइतबार, जेठ २२, २०७९  ११:३२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP