शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
समाचार
  • गृहपृष्ठ
  • ज्ञान प्रकाश माविको ४४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस
ज्ञान प्रकाश माविको ४४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, असोज ६, २०७६

सुरेन गुरुङ
शिख, सोमबार असोज ६ गते ।

म्याग्दीको अन्नपुर्ण गाउँपालिका –३ दाना स्थित ज्ञानप्रकाश माविले विविध कार्यक्रम सहित आफ्नो ४४ औं वार्षिकोत्सव एव्म अभिभावक दिवस मनाएको छ । विद्यालयले सोमबार गण्डकी प्रदेश सरकारका सामाजिक विकास मन्त्री नरदेबी पुन मगरको उपस्थितीमा एक समारोहका विच वार्षिकोत्सव एव्म अभिभावक दिवस मनाएको हो ।

कार्यक्रममा मन्त्री पुन मगरले विद्यालयलाई बार्षिक उत्सवको शुभकामना व्यक्त गर्नुभयो । उहाँले शिक्षा मन्त्रालयको नमुना विद्यालयको रुपमा ज्ञान प्रकाश नमुना विद्यालय छनौट हुन सफल भएकोमा बधाई दिनुभयो । ग्रामिण भेग ,दरबन्दी अभाव र सिमित श्रोत साधनका बावजुत पनि नमुना विद्यालयको रुपमा छनौट हुनु सामुदायीक विद्यालयका लागि ठुलो उलब्धी भएको बताउनुभयो ।

उहाँले सामुदायीक विद्यालयलाई गुणस्तरिय र प्रभावकारी बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको समेत उद्धघोष गर्नुभयो । विद्यालयकोे शैक्षिक गुणस्तर बृद्धी र प्रभावकारी बनाउन सरकारको एकल प्रयासले मात्र सम्भब नहुने भन्दै अभिभावक, शिक्षक र विद्यार्थी विचमा सहकार्य हुन आवश्यक रहेको उहाँको भनाइ छ । शिक्षा र स्वास्थ्य सेवालाई सर्बसुलभ र प्रभावकारी बनाउन प्रदेश सरकारले विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको मन्त्री पुनले जानकारी दिनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देबेन्द्र बहादुर केसी,गाउँपालिका अध्यक्ष क्याप्टेन डमबहादुर गर्बुजा पुनले विद्यालयलाई बार्षिकोत्सवको शुभकामना दिनुभएको थियो । यसैगरी जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख दल बहादुर थापा मगरले सामुदायीक विद्यालयमा न्युन दरबन्दी हुँदा स्थानीय समुदायलाई विद्यालय संचालनमा ठुलो आर्थिक भार पर्ने गरेको बताउनुभयो ।

कार्यक्रममा गाउँपालिका भित्र गत बर्ष एसईईमा उत्कृष्ट अंक ल्याउने तीन जना विद्यार्थीलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । गाउँपालिकाका अध्यक्ष क्याप्टेन गर्बुजा पुनले घोषणा अनुसार आफुले पाउने सेवा सुविधाबाट ज्ञान प्रकाश माविका छात्र एलिस पाइजालाई ५० हजार र सोही विद्यालयकी एलिना बैरागीलाई २५ हजार रुपैयाँ हस्तान्तरण गर्नुभएको हो । अनुपस्थित मुक्तीमार्ग मावि घारकी पवित्रा खड्कालाई २५ हजार रुपैयाँ सहयोग गर्ने भएको छ । सो आर्थिक सहयोग रकम मन्त्री पुनले हस्तान्तरण गर्नुभएको हो ।

आर्थिक अभावका कारण गरिब परिवारका उत्कृष्ट ,जेहेन्दार विद्यार्थीलाई अध्ययनमा समस्या नहोस् भनि हौसला प्रदान गर्नका लागि आर्थिक सहयोग गरेको अध्यक्ष क्याप्टेन गर्बुजा पुनले बताउनुभयो । गाउँपालिकाबाट पाउने सेवासुविधा समेत नलिनुभएका अध्यक्ष क्याप्टेन गर्बुजा पुनले आगमी दिनमा पनि शैक्षिक क्षेत्रमा सहयोग गर्ने बताउनुभयो । गाउँपालिकाले सामुदायी विद्यालयको गुणस्तर बढाउन विभिन्न कार्यक्रम संचालन संगै शिक्षक मिलानलाई विशेष प्राथमिकता दिएको उहाँको भनाइ छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ले. बेल बहादुर पुर्जाको अध्यक्षता र शिक्षक बुद्धि मिजारको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा वडा नं ३ का अध्यक्ष नरसिं पुर्जा ,गाउँपालिका शिक्षा संयोजक भरत गर्बुजा ,जिल्ला समन्वय समितिका सदस्य मेख बहादुर गर्बुजा ,गाउँपालिका सदस्य एव्म न्यायिक समितिका बुद्धि पुन लगायत विभिन्न संघ संस्थाको उपस्थिती रहेको थियो । विद्यालयलय वार्षिक उत्सवको अवसरमा गत वर्षको परिक्षामा प्रथम ,द्धितिय र तृतिय हुने विद्यार्थीलाई पुरस्कार प्रदान गरेको थियो ।


प्रकाशित मिति: सोमबार, असोज ६, २०७६  २०:३७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP