शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
समाचार
  • गृहपृष्ठ
  • शिख माविले मनायो बार्षिकोत्सव तथा अभिभावक दिवस (तस्बिर सहित )
शिख माविले मनायो बार्षिकोत्सव तथा अभिभावक दिवस (तस्बिर सहित )
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, मंसिर १६, २०७६
shikha (7)

सुरेन गुरुङ
शिख ,सोमबार मंसिर १६ गते ।

जिल्लाको अन्नपुर्ण गाउँपालिका– ५ शिख स्थित शिख माध्यामिक विद्यालयले आफ्नो बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । विद्यालयले आइतबार विविध कार्यक्रमको आयोजना गरी आफ्नो ६५ औं बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो । कार्यक्रमको उद्धघाटन गर्नुहुँदै गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर गर्बुजा पुनले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । अध्यक्ष क्याप्टेन गर्बुजा पुनले नमुना विद्यालयको रुपमा छनौट हुन सफल भएकोमा बधाइ समेत दिनुभयो ।

तस्बिर :सुरेन गुरुङ

उहाँले गाउँपालिकाले शैक्षिक क्षेत्र सुधार तथा विकासलाई प्राथमिकता दिएर ठुलो लगानी गरको बताउनुभयो । दुर्गम गाउँका सामुदायीक विद्यालयमा गुणस्तर बृद्धिका लागि गाउँपालिकाले लगानी संगै प्रदेश र संघिय सरकारलाई पहल गरेको अध्यक्ष क्याप्टेन गबुर्जा पुनको भनाइ छ । शैक्षिक क्षेत्रमा गुणस्तर बढाउन सरकार संगै विद्याथीर्, शिक्षक र अभिभावकको उत्तिकै भुमिका हुने बताउनुभयो ।

तस्बिर :सुरेन गुरुङ


‘सामुदायीक विद्यालयमा शैक्षिक क्षेत्रको गुणस्तर बृद्धी र विकासका लागि गाउँपालिकाले प्राथमिकता दिएर ठुलो लगानी गरेको छ,’ अध्यक्ष क्याप्टेन गर्बुजा पुनले भन्नुभयो । ‘विद्यालयमा शैक्षिक गुणस्तर बढाउन सरकार मात्र नभइ शिक्षक ,विधार्थी तथा अभिभावक विचको सहकार्यले मात्र सम्भव छ ।’

तस्बिर :सुरेन गुरुङ

कार्यक्रममा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिकृष्ण आचार्य ,वडा अध्यक्ष दिनेश कुमार पुन ,सामाजिक विकास समिति संयोजक ओमप्रसाद फगामी ,शिक्षा संयोजक भरत पुन ,वडा सदस्य दिर्जु रन्तिजा ,धनबहादुर पाईजा ,राजेश तिलिजा अभिभावक संघका अध्यक्ष चित्र बहादुर तिलिजा ,राजेश तिलिजा,शिख्तानी पुन समाजका अध्यक्ष समाजसेवी क्याप्टेन बलबहादुर तिलिजा र रामसुवा नेपाली लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

तस्बिर :सुरेन गुरुङ

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिनबहादुर बुद्धुजाको अध्यक्षता, शिक्षक बेग बहादुर तिलिजाको स्वागत तथा शिक्षक सेते तिलिजा र खेम पाईजाको संचालनमा कार्यक्रम समापन भएको थियो । युरो गार्ड र झण्डा राख्नका लागि निर्माण गर्न लागिएको पोलको समाजसेवि पेश बहादुर पाईजाकी दिदी स्वरसति तिलिजाले शिलान्यास गरकी गर्नुभएको थियो ।

तस्बिर :सुरेन गुरुङ

साथै कार्यक्रममा जेहेन्दार,गरिब तथा दलित विद्यार्थीहरुलाई छात्रावृती वितरण गरिएको थियो । विद्यार्थीहरुले सास्कृतिक कार्यक्रम मार्फत अतिथिहरुलाई स्वागत गरेका थिए । प्रमुख अतिथि क्याप्टेन गर्बुजा पुनले दिप प्रज्वलन गर्नुभएको थियो भने शिख्तानि समाजका अध्यक्ष क्या. तिलिजा ,सामाजिक विकास संयोजक ओम प्रसाद फगामी र निमित्त प्रमुख प्रशाशकिय अधिकृत आचार्यले झण्डोउत्तोलन गर्नु भएको थियो ।

तस्बिर :सुरेन गुरुङ
तस्बिर :सुरेन गुरुङ


प्रकाशित मिति: सोमबार, मंसिर १६, २०७६  १८:३३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP