शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • सरस्वती मावि तातोपानीमा सप्ताहव्यापी खेलकुद कार्यक्रम सकियो
सरस्वती मावि तातोपानीमा सप्ताहव्यापी खेलकुद कार्यक्रम सकियो
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, असोज २९, २०८०
IMG_5665
म्याग्दी ।म्याग्दीको बेनी नगरपालिका–४, सिङ्गास्थित सरस्वती माध्यमिक विद्यालय तातोपानीमा सप्ताहव्यापी विविध खेलकुद कार्यक्रम सकिएको छ । गत २१ गतेदेखि सुरु भएको सप्ताहव्यापी विविध खेलकुद कार्यक्रमहरुको आइतबार एक समारोहबीच पुरस्कार वितरण गरी समापन गरिएको हो । सप्ताहव्यापी खेलकुद कार्यक्रमअन्तर्गत विद्यालयको आयोजनामा विद्यार्थीहरुबीच १ सय तथा ४ सय मिटर दौड, बेलुन फुटाउने, लुँडो, स्किपिङ, म्युजिकल चियर, तातो आलु, चेस, लङजम्प, फुटबल, हाईजम्प, हस्तलिखित, चित्रकला र डान्स प्रतियोगिता, छेलो, खो–खो, भलिबल तथा लठो तान्ने र १५ सय मिटरको दौड प्रतियोगितालगायत विविध खेलकुदजन्य कार्यक्रमहरु सञ्चालन गरिएको विद्यालयले जनाएको छ । त्यस्तै आइतबार सम्पन्न विद्यालयको सदनस्तरीय लठो तान्ने प्रतियोगितामा छात्रतर्फ निलो सदन र छात्रातर्फ हरियो सदन विजयी भएको छ भने नृत्य प्रतियोगितामा ११ जना सहभागीमध्ये सुमिना किसान प्रथम भई स्टेशनरी र प्रमाणपत्रले पुरस्कृत गरिएको विद्यालयका शिक्षक गणेश खत्रीले जानकारी दिनुभयो । खेलकुदको विभिन्न विधाअन्तर्गत प्रतियोगिताहरुमा सहभागी भई उत्कृष्ट हुने प्रतियोगी विद्यार्थीहरुलाई विद्यालयको तर्फदेखि अबिरको टिका लगाएर स्टेशनरी र प्रमाणपत्रले पुरस्कृत गरिएको थियो । सप्ताहव्यापी खेलकुद कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै बेनपा–४, सिङ्गाका वडा सदस्य प्रेमबहादुर श्रीषले राज्यको ठूलो लगानी रहेको सामुदायिक विद्यालयलाई अभिभावकहरुले आवश्यक समय दिनुपर्नेमा जोड दिनुभयो । उहाँले सामुदायिक विद्यालयहरुमा शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि राज्यले प्रयास गरिरहेको बताउँदै सरकारले ल्याएको योजनालाई विद्यालयका सरोकारवाला सबैले कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । सरस्वती मावि तातोपानीलाई अहिलेको अवस्थामा ल्याई पु¥याउन स्थानीयवासीहरुले ठूलो मेहनत गरेको उहाँको भनाइ छ । सोही कार्यक्रमको अवसरमा विद्यालयका कम्प्युटर शिक्षक महेश राना र तातोपानी प्रहरीचौकीलाई विद्यालयबाट सम्मानपत्रसहित सम्मान गरिएको थियो । कार्यक्रममा विद्यालयका वरिष्ठ सल्लाहकार मिनबहादुर बानियाँ, विद्यालय व्यवस्थापन समितिका सदस्य अर्जुृन शाही, म्याग्दीका क्रियाशील पत्रकार प्रताप बानियाँ र विद्यालयका प्रधानाध्यापक सुरत बानियाँले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम विद्यालयको शिक्षक अभिभावक संघका अध्यक्ष दधिलाल अधिकारीको अध्यक्षता र शिक्षक रामप्रसाद अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो ।
प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  १२:०३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP