शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • जनकल्याण माविमा विव्यस पुनर्गठन,विद्यार्थीलाई पोशाक वितरण (तस्बिरहरू)
जनकल्याण माविमा विव्यस पुनर्गठन,विद्यार्थीलाई पोशाक वितरण (तस्बिरहरू)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, फागुन ५, २०८०
427816291_4561461247411395_3874100974446032733_n
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५,पुलाचौरमा सञ्चालित जनकल्याण माध्यमिक विद्यालयमा हिजो (शुक्रवार) विद्यालय व्यवस्थापन समिति पुनर्गठन भएको छ । विद्यालयमा सम्पन्न अभिभावकहरुको भेलाले तिलकप्रसाद श्रेष्ठको अध्यक्षतामा विद्यालयको नयाँ व्यवस्थापन समिति पुनर्गठन गरेको हो ।
पुनर्गठित विव्यसको सदस्यहरुमा खडगप्रसाद श्रेष्ठ, यादवप्रसाद सुवेदी (रमेश), प्रेमा विश्वकर्मा, विष्णु जिसी हमाल र शर्मिला परियार चयन हुनुभएको छ । यसैगरी अभिभावकहरुको भेलाले बलराम बानियाँको अध्यक्षतामा शिक्षक अभिभावक संघको पनि पुनर्गठन गरेको छ । संघको सदस्यहरुमा तारानाथ सुवेदी, ईन्द्रबहादुर कार्की, सरस्वती श्रेष्ठ, हिरा जिसी बानियाँ, खेमलाल विक र विजय सुवेदी रहनुभएको छ ।
अभिभावक भेलाको उद्घाटन गर्दै बेनी नगरपालिका–९, घतानका वडा अध्यक्ष एवं नगरकार्यपालिकाको सामाजिक विकास समिति संयोजक चक्रबहादुर केसीले विद्यालयमा शिक्षक दरबन्दीको व्यवस्था गरिने बताउनुभयो । उहाँले ग्रामीण भेगमा रहेका विद्यालयहरुमा पछिल्लो समय विद्यार्थी सङ्ख्या घट्दै गएको र भौतिक पूर्वाधारहरु थपिने क्रममा रहेको बताउँदै विद्यार्थी सङ्ख्या बढाउन नगरपालिकाबाट आवश्यक पहल गर्न ध्यान दिइने बताउनुभयो ।
बेनी नगरपालिका–५, पुलाचौरका वडा अध्यक्ष गोविन्द बानियाँले शैक्षिक क्षेत्रमा सरकारले ठूलो लगानी गरेको भए पनि लगानी अनुसारको प्रतिफल आउन नसकेको बताउँदै यसका लागि विद्यालयका सरोकारवाला निकाय सबै लाग्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा विद्यालयका भूतपूर्व अध्यक्ष माधवप्रसाद रेग्मी, जनकल्याण मावि अक्षयकोषका संस्थापक अध्यक्ष रामप्रसाद सुवेदी, शिक्षक अभिभावक संघका निवर्तमान अध्यक्ष तिलकप्रसाद श्रेष्ठ, विव्यस सदस्य श्यामप्रसाद श्रेष्ठ र अभिभावक हेमबहादुर खत्रीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमको अवसरमा विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष गोपाल बानियाँको पहलमा काठमाडौंको पुलतीसडक निवासी उद्धव कसजुमार्फत प्राप्त कक्षा ११ र १२ का २८ जना विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरिएको थियो । कार्यक्रमको उद्घाटनसत्रमा विद्यालयको निवर्तमान अध्यक्ष बानियाँले अध्यक्षको प्रतिवेदन र विद्यालयका प्रधानाध्यापक कमलप्रसाद पौडेलले शैक्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
विव्यस अध्यक्ष बानियाँको अध्यक्षता र सहायक प्रअ शिव बानियाँको सञ्चालनमा सम्पन्न कार्यक्रममा कक्षा ११÷१२ का सहसंयोजक फुलमाया श्रेष्ठले स्वागत गर्नुभएको थियो । २०१४ सालमा स्थापना भएको यस विद्यालयमा हाल कक्षा १२ सम्म अध्ययन÷अध्यापन हुँदै आएको छ । कार्यक्रममा नवआगन्तुक शिक्षकहरुलाई विद्यालयमा स्वागत गरिएको थियो भने विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति: शनिबार, फागुन ५, २०८०  १६:००
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP