शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • मोना क्रोएसियाले निवन्ध लेखन प्रतियोगिता संचालन गर्दै 
मोना क्रोएसियाले निवन्ध लेखन प्रतियोगिता संचालन गर्दै 
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, फागुन १०, २०८०
received_777837727586730
म्याग्दी । म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति क्रोएसियाले निवन्ध लेखन प्रतियोगिता आयोजना गर्ने भएको छ ।बिहिबार बेनी स्थित मोनाको सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा मोना क्रोएसियाका अध्यक्ष रुपेश सुन्दासले प्रवासी म्याग्देलीको साझा नारा “प्रवासी म्याग्देली दृष्टि, समृद्ध म्याग्दीको सृष्टि” विषयमा निबन्ध लेखन प्रतियोगिता आयोजना गरिएको जानकारी गराउनुभयो । प्रवासमा तथा जिल्लामा रहेका म्याग्देलीहरुको वौद्धिक स्तर वृद्धि सहित शिक्षित व्यक्तिहरुलाई आफ्नो क्षमता प्रस्तुत गर्ने अवसरको रुपमा लिएर निबन्ध लेखन प्र्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष सुन्दासले बताउनुभयो । नेपाली भाषामा १५ सय शव्दको निबन्ध लेख्ने प्रतियोगितामा म्याग्दी जिल्लामा जन्मिएका व्यक्तिहरुले मात्रै भाग लिन पाउने नियम बनाईएको छ । प्रतियोगिता खुल्ला रहेकाले जिल्लाका शिक्षक, विद्याथी, कर्मचारी, प्रवासमा रहेका म्याग्देलीहरुले सहभागिता जनाउन पाउनेछन । विद्यार्थीको हकमा १ विद्यालयबाट २ जना मात्रै विद्यार्थीले सहभागिता जनाउन पाउनेछन । प्रतियोगिताको नियम सम्वन्धि सम्पूर्ण जानकारी मोना क्रोएसियाको फेसवुक पेजमार्फत लिन सकिने अध्यक्ष सुन्दासले बताउनुभयो । प्रतियोगितामो प्रथम, द्वित्तिय, तृतिय र सान्त्वना पुरस्कार क्रमशः २० हजार, १५ हजार, १० हजार र ५ हजार सहित ट्रफि र प्रमाणपत्र राखिएको छ । निबन्ध मार्च ८ तारिख अर्थात यहि फागुन २५ गते सम्म पठाईसक्नुपर्ने छ । नतिजा मार्च २४ तारिख अर्थात चैत्र ११ गते प्रकाशन गरिने र विजेताहरुलाई बेनी स्थित मोना अन्तराष्ट्रिय कार्यकारी समितिको सचिवालयमा एक समारोहको आयोजना गरि पुरस्कार वितरण गरिने कार्यतालिका बनाईएको कार्यक्रम संयोजक रामकृष्ण शर्माले जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा मोना अन्तराष्ट्रियका संरक्षक सुवास कुमार श्रेष्ठले विश्वभरि छरिएर रहेका म्याग्देलीहरुको साझा संस्था मोनाले जिल्लाको विकास र सामाजिक गतिविधिहरुमा निरन्तर सघाउदै आएको बताउनुभयो । जिल्लाका संचारकर्मीहरुको उपस्थिति रहेको कार्यक्रमको संचालन सचिवालय प्रमुख स्मृति सुवेदीले गर्नुभएको थियो । सम्मेलनमा अध्यक्ष सुन्दासले मोना क्रोएसियाले हालसम्म संचालन गरेका गतिविधिहरुको बारेमा समेत जानकारी प्रस्तुत गर्नुभएको थियो ।
प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  २२:३१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP