शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • डिम्ब आधारभूत विद्यालय चिप्लेटीको विव्यस पुनर्गठन
डिम्ब आधारभूत विद्यालय चिप्लेटीको विव्यस पुनर्गठन
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, साउन ३०, २०८१
IMG_9480
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५, चिप्लेटीमा सञ्चालित डिम्ब आधारभूत विद्यालयमा मङ्गलवार सम्पन्न अभिभावकहरुको भेलाले विद्यालय व्यवस्थापन समितिको पुनर्गठन भएको छ । अभिभावकहरुको भेलाले पुनः तेस्रो कार्यकालका लागि हेमबहादुर खत्री (गोपाल)को अध्यक्षतामा सर्वसम्मत ९ सदस्यीय विव्यस पुनर्गठन गरेको हो । विद्यालय व्यवस्थापन समितिको सदस्यहरुमा ओमबहादुर किसान, चन्द्रबहादुर खत्री, कमला कार्की, तारा कार्की, बिमला कार्की, शिक्षक प्रतिनिधिमा खड्गबहादुर खत्री, वडा प्रतिनिधिमा वडा सदस्य देवीदत्त पौडेल र सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद उपाध्याय चयन हुनुभएको छ । नवनिर्वाचित विव्यसको शिक्षा नियमावलीअनुसार तीनवर्षे कार्यकाल रहेको छ । अभिभावक भेला तथा विव्यस पुनर्गठन कार्यक्रमको उद्घाटन गर्दै पुलाचौरका वडा सदस्य डम्मरबहादुर बानियाँले नगर क्षेत्रमा रहेका सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधार गर्नको लागि वडा र नगरपालिकाले आवश्यक पहल थालेको बताउनुभयो । उहाँले अहिलेको अवस्थामा विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुको संख्या वृद्धि गर्न विद्यालयका सरोकारवाला सबैले आवश्यक पहल गर्नुपर्ने बताउँदै अध्ययन तथा अध्यापन कार्यको साथसाथै अतिरिक्त क्रियाकलापहरु सञ्चालनमा जोड दिनुपर्ने बताउनुभयो । अर्का वडा सदस्य देवीदत्त पौडेलले विद्यालयको चौतर्फी विकास गर्न शिक्षक, विव्यस र अभिभावकहरु मिलेर अगाडि बढ्नुपर्ने बताउँदै विद्यालयको शैक्षिण गुणस्तर वृद्धि गरी सिकाइ उपलब्धि बढाउनुपर्ने बताउनुभयो । विद्यालयमा आवश्यक भौतिक पूर्वाधार विस्तार तथा योजना सञ्चालन गर्नको लागि वडामार्फत आवश्यक पहल गरिने उहाँले जानकारी दिनुभयो । उद्घाटनसत्रमा विव्यस अध्यक्ष हेमबहादुर खत्रीले आफ्नो तीनवर्षे कार्यकालमा विद्यालयमा भए गरेका योजना तथा कामको विवरणसहित प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा जनकल्याण माध्यमिक विद्यालय पुलाचौरका सहायक प्रअ राजु किसान, विद्यालयका पूर्व विद्यार्थी, सल्लाहकार एवं पत्रकार प्रताप बानियाँ, वसन्त आधारभूत विद्यालय उपल्लाचौरका प्रअ खेमराज शर्मा, शिक्षक अभिभावक संघका सदस्य एवं चिप्लेटाउका सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष भोजबहादुर कार्की र विद्यालयका प्रअ नारायण उपाध्यायले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम विव्यस अध्यक्ष खत्रीको अध्यक्षता, शिक्षकद्वय खड्गबहादुर खत्रीको स्वागत र भरत कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो ।
प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  १०:४३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP