शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • नोवेल पुरस्कार प्राप्त गर्ने वैज्ञानिकद्धारा कोरोना भाइरस छिट्टै समाप्त हुने घोषणा
नोवेल पुरस्कार प्राप्त गर्ने वैज्ञानिकद्धारा कोरोना भाइरस छिट्टै समाप्त हुने घोषणा
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, चैत १३, २०७६
pic

एजेन्सी,विहिबार चैत १३ गते । नोवेल पुरस्कार विजेता तथा स्ट्यानफोर्ड बायोफिजिस्ट माइकल लेविटले अब कोरोना भाइरसको असर कम हुँदै जाने बताएका छन् । लस एन्जलस टाइम्ससँगको कुराकानीमा माइकलले भनेका छन्, ‘अहिले पनि भनिएजस्तो भयावह छैन । हरेक क्षेत्रमा डर, त्रास, चिन्ताको वातावरण छ । उच्चतम अवस्थामा कोरोना भाइरसको असर पुगिसकेको छ । अब यो बिस्तार कम हुँदै जान्छ ।’

माइकलको भनाइलाई संसारभरबाट महत्वपूर्णरुपमा हेरिएको छ । उनले चीनमा देखिएको कोरोना भाइरसको असरका विषयमा लगत्तै आफ्नो धारणा सार्वजनिक गरेका थिए । उनले सार्वजनिक गरेको धारणा मिलेपछि अमेरिकी मिडियाले उनलाई पच्छाएका छन् ।

सयौँ हेल्थ एक्सपर्टस्ले चीनले कोरोना भाइरस नियन्त्रणमा काम गर्न नसक्ने बताएका बेला उनले निश्चित समय नै तोकेर चीनले नियन्त्रण गर्ने बताएका थिए । यो उनको धारणा अहिले सत्य सावित भएको छ ।

लेवितले फेब्रुअरी महिनामा लेखेका थिए, ‘चीनमा कोरोना भाइरसको संक्रमणमा गिरावट आएको छ । यसले के देखिन्छ भने अबका केही हप्तामा चीनमा कोरोना भाइरस नियन्त्रणमा आउँछ । मृत्युदरमा पनि अन्य देशभन्दा चीन पछि नै हुन्छ ।’उनको यो भविष्यवाणी सत्य सावित भएको छ ।

चीनले कोरोना भाइरसमा लगभग नियन्त्रण कामय गरिसकेको छ । वुहानमा सार्वजनिक गाडी चल्न थालेका छन् । चीन आफ्नो खुट्टामा उभिन थालेको छ ।
वास्तवमा लेविटले चीनमा झण्डै ३ हजार ३ सयको मृत्यु र ८० हजार संक्रमित हुने अनुमान लगाएका थिए । अहिले चीनमा मृत्यु हुनेको संख्या र संक्रमितको संख्या लगभग उस्तै छ ।

लेविटले अब संसारभर चीनकै जस्तो अवस्था देखिरहेका छन् । ५० देशको डाटा विश्लेषण गर्दै उनले धेरै रिकभरीको संकेत प्रस्तुत गरेका छन् । उनले चीन र दक्षिण कोरियामा नयाँ संक्रमणदर कम हुँदै गएको बताएका छन् ।

लेविट भन्छन्, ‘आंकडा अहिले उच्च तहमा पुगेको छ । वृद्धिदरको अनुपात हेर्दा अब कम हुँदै जान्छ ।’उनले टेस्टिङ नभएका कारणले धेरै संख्याका संक्रमित आउन बाँकी नै रहेको पनि बताएका छन् । यस्तो अवस्थामा पनि अब बिस्तारै कोरोना भाइरसको संक्रमण कम हुँदै जान्छ ।

लेविटको यो निष्कर्ष संसारभर उत्साह छर्ने एक महत्वपूर्ण तथ्य भएको छ । उनले कोरोना भाइरसबाट लड्ने तरिका पनि चीनले अपनाएजस्तो सजिलो नभएको बताए । सामाजिक दूरी कायम गर्ने एउटा महत्वपूर्ण पक्ष भएको उनको भनाइ छ । उनले एक ठाउँमा भेला नहुन, दूरी मेन्टन गर्न, परिवारका सदस्यबीचमा पनि दूरी कायम गर्न, भिडभाडका कार्यक्रम नगर्न र रोग प्रतिरोधात्मक क्षमता बिकास गर्न सुझाव दिएका छन् ।

कोरोना भाइरसविरुद्धको भ्याक्सिन बन्नका लागि महिनौँसम्म लाग्नसक्ने भन्दै उनले यस्तो बेलामा सडकमा निस्किने, साथीहरुसँग पाटीमा जानेलगायतका घर बाहिरका काम बन्द गर्नुपर्नेमा जोड दिएका छन् ।

लेविटले भनेका छन् ‘लक्ष्यको नजिक पुग्नका लागि अनुशासन चाहिन्छ । त्यसका लागि लक्ष्य पहिचान गर्नुपर्छ । चीनले आइसोलेसन गरेरै सफलता प्राप्त गरेको हो । त्यो सबैका लागि ध्यान दिनुपर्ने र अनुसरण गर्नुपर्ने विषय हो ।’

इटलीमा भाइरसको संक्रमण धेरै देखिनुको कारण बारेमा पनि उनले प्रष्ट पारेका छन् । लेविट भन्छन्, ‘त्यहाँ भ्याक्सिनविरुद्धको भावनाले गर्दा ठूलो क्षति पुगेको छ । सामान्य फ्लूविरोधी भ्याक्सिन नलगाएका कारण यस्तो अवस्था आएको हो । फ्लूविरुद्धको भ्याक्सिन नलिएका व्यक्तिमा यो भाइरसको आक्रमण तिब्र हुन्छ ।’

लेविटको कुराकानीले आम नागरिकलाई राहतको स्वास लिन सहयोग पुगेको छ । उनले अब ठिक हुने उपायका विषयमा सबैले प्रयास गर्नुपर्नेमा पनि जोड दिएका छन् । सन् २०१३ मा उनले रसायन शास्त्रमा नोवेल पुरस्कार प्राप्त गरेका थिए । उनले संसार नै सकिन्छ भन्ने जस्ता त्रसित पार्ने खालका दावीलाई खारेज गरेका छन् । नागरिकखबर


प्रकाशित मिति: बिहीबार, चैत १३, २०७६  १४:३२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP