शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • १२ भाषाको गीतमार्फत उपाध्यायको १० विश्व रेकर्ड
१२ भाषाको गीतमार्फत उपाध्यायको १० विश्व रेकर्ड
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, साउन २६, २०७७
dr-updhaya-10 world record

काठमाडौँ । एक दर्जन अन्तर्राष्ट्रिय भाषामा १२ लाइनको गीत रेकर्ड गराएर गत महिना गिनिज बुक अफ वर्ल्ड रेकर्ड कायम गरेका गीतकार डीआर उपाध्यायले फेरि १० वटा अवार्ड पाएका छन् ।राजधानीमा आइतबार उनलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले विभिन्न १० वटा विश्व रेकर्डको प्रमाणपत्र हस्तान्तरण गरे ।

उपाध्यायले १७ वटा विधाका लागि अमेरिकन बुक अफ रेकर्ड, एसियन वर्ल्ड रेकर्ड, च्याम्पियन बुक अफ वर्ल्ड रेकर्ड, द ब्रिटिस वर्ल्ड रेकर्ड, वर्ल्ड बुक अफ रेकर्ड युनाइटेड किङ्डम, युरोपियन रेकर्ड बुक, यूआरएफ वर्ल्ड रेकर्ड, एक्सक्लुसिभ वर्ल्ड रेकर्ड, एभरेस्ट वर्ल्ड रेकर्ड र युनिभर्सल रेकर्ड फोरम एसियन रेकर्ड कायम गरेका हुन् ।

नारी–पुरुषले एकअर्काप्रति गर्ने माया र सम्मानबारे २ सय ८८ लाइनको गीत, सांकेतिक भाषाद्वारा शब्द परिभाषित गरेको गीत, हुलाक टिकटमा प्रकाशित विशिष्ट नेपाली व्यक्तिहरूको नाम–कामबारे बनाइएको गीत, तीनवटा सप्तक बनेको गीतजस्ता विधाका लागि उनले यी कीर्तिमान बनाएका हुन् । त्यस्तै सगरमाथा आरोहण गर्नेहरूको अत्यधिक नामबाट बनाइएको गीत, धेरै पटक मुटु शब्द प्रयोग गरेर बनाइएको गीत, संसारमै सबैभन्दा सानो आकारको गीति पुस्तक (२ बाई २ इन्च), एउटै गीतको स्थायी र अन्तरा धेरै व्यक्तिले एकै पटक पढेको जस्ता विधाका लागि उनले वर्ल्ड रेकर्ड बनाएका छन् ।

मन्त्री यादवले गीति रेकर्डमार्फत नेपाललाई संसारभर चिनाउन उपाध्यायले गरेको प्रयासको प्रशंसा गरे । त्यस्तै गीतकार संघ नेपालका अध्यक्ष चूडामणि गौतमले नेपाली गीत–संगीतमा लाग्नेहरूका लागि यो उत्साहप्रद घटना भएको दाबी गरे । गीतकार उपाध्यायले आफूले कायम गरेको रेकर्ड व्यक्तिको नभएर देशकै भएको प्रतिक्रिया दिए । कार्यक्रममा मन्त्री यादवले उपाध्यायको ‘कर्तव्य बोध’, ‘धरोहर’, ‘सपनाको महल’, ‘हृदयको झंकार’ गरी चार गीतिसंग्रह र संसारकै सानो गीति पुस्तक ‘अनुभूतिको मझेरी’ पनि लोकार्पण गरे । ekantipurबाट साभार


प्रकाशित मिति: सोमबार, साउन २६, २०७७  ०९:२१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP