डोटी । डोटीमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन्। धनगढीबाट अछामतर्फ जाँदै गरेको कर्णाली रिभर यातायातको ना ६ ख २५२९ नम्बरको बस दुर्घटना भएको हो।
तस्बिर : सामाजिक सञ्जाल
पहलमानसिं स्वार राजमार्ग अन्तर्गत डोटीको पूर्बीचौकी गाउँपालिका–१ तल्लोफुलोटमा बुधबार बिहान ६ बजे बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्ण बोहराले जानकारी दिए। बसमा सवार सबै भारतबाट मजदुरी गरेर घर फर्केका थिए।
तस्बिर: सामाजिक सञ्जाल
अहिले दुर्घटनास्थलमा प्रहरी लगायत स्थानीयले उद्धार गरिरहेका छन्। केहि घाइतेलाई जिल्ला अस्पताल डोटीमा ल्याइएको बोहराले जानकारी दिए। मृतकको सनाखत हुन बाँकी रहेको छ। annapurnapostबाट साभार