शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • गलकोट सव स्टेशन सुचारु : दुर्गममा विद्युत विस्तार कार्यले तीव्रता पायो
गलकोट सव स्टेशन सुचारु : दुर्गममा विद्युत विस्तार कार्यले तीव्रता पायो
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, भदौ ७, २०७७
galkot (3)

थम्मन थापा
बागलुङ । नेपाल विद्युत प्राधिकरणले बागलुङ जिल्लामा केन्द्रीय विद्युत विस्तार तथा व्यवस्थापनलाई तदारुकताका साथ अगाडि बढाएको छ । अहिले विस्तार भएका क्षेत्रमा वितरण प्रणालीमा सुधार सँगै विस्तार कार्यलाई पनि तीव्रता दिईएको छ । नेपाल बिद्युत प्राधिकरण बागलुङ बितरण केन्द्रले गलकोट नगरपालिका वडा नं ५ हरिचौरमा सव स्टेशन निर्माण कार्य सम्पन्न गरे सँगै सव स्टेशन मार्फत गत वर्षको साउनमा परिक्षण सुरु गरेको थियो ।

झण्डै ३ महिना सव स्टेशन मार्फत गलकोट र आसपासमा विद्युत सेवा सञ्चालनमा आएको थियो । पछि सव स्टेशनको ट्रान्सफर्मरमा समस्या उत्पन्न भएर पटक पटक लाइन ट्रिप हुन थालेपछि त्यसको मर्मत सम्भार भइरहेको थियो । ट्रान्सफर्मर मर्मत गर्न नेपाल विद्युत प्राधिकरणले बंगलादेश पठाएको छ यद्यपि लामो समय सम्म उक्त कम्पनी बाट न प्राविधिक न सामग्री पठाउने गरे पछि तत्काल ट्रान्सफर्मर मर्मत भएर आउने संकेत नदेखिए पछि विद्युत प्राधिकरणले पुन पुरानै ११ हजार केभिए को लाइन मार्फत विद्युत सेवा सञ्चालन गरेको थियो ।

११ हजार केभिए लाइनमा बीच बीचमा समस्या आउने, प्राकृतिक विपति लगायतका कारण मर्मत गर्दा लाइन काट्नु पर्ने समस्याले उपभोक्ताले हैरानी खेप्नु परेको थियो । अहिले हरिचौर सव स्टेशन सुचारु भएको छ । नयाँ ट्रान्सफर्मर जडान गरेर सव स्टेशनमा मर्मत सम्भारको कार्य सकिए पछि सेवा प्रवाह गरिएको नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख शिव नारायण गोशलीले जानकारी दिनुभयो ।

३३ हजार केभिए प्रसारण क्षमताको लाइन सव स्टेशनमा जडान गरी त्यहाँ बाट अलग अलग फिडर मार्फत विद्युत वितरण गरिएको केन्द्र प्रमुख गोशलीले बताउनु भयो । अब यो क्षेत्रमा पटक पटक विद्युत आउने जाने समस्या धेरै हल हुने उहाको भनाई छ । केन्द्र प्रमुख गोशलिका अनुसार हाइटेन्सन लाइनमा आइपर्ने समस्या र फल्ट छिटो थाहा पाउन अब बागलुङको रामरेखा देखि हरिचौर सव स्टेशन सम्म बीच बीचमा सेक्सन स्विच राख्ने तयारी भइरहेको छ ।

जिल्ला भर यसै आर्थिक वर्ष भित्र केन्द्रिय विद्युत विस्तार गर्न अहिले हरिचौर देखि खर्बाङ सम्म ३३ हजार केभिए क्षमताको लाइन विस्तारको काम भइरहेको छ भनें ११ हजार केभिए क्षमताको लाइन बुर्तिबाङ सम्म पुराइसकिएको छ । केन्द्रिय प्रशारण लाइनको पहुँच पु¥याउनका लागि बडिगाड गाउँपालिकाको खर्वाङ नजिकै ८ एमभिए क्षमताको सव स्टेशन निर्माण कार्यको लागि जग्गा व्यवस्थापन र निर्माण कार्यको टेण्डर प्रक्रिया अगाडि बढिरहेको विद्युत प्राधिकरणले जनाएको छ । गलकोट हरिचौरमा रहेको सव स्टेशन वि।सं २०७२ सालमा निर्माण कार्य सुरु गरिएको थियो ।

३ एमभिए क्षमताको सव स्टेशन निर्माण कार्य गत वर्ष नै सम्पन्न भएको थियो । गलकोट हरिचौरमा निर्माण गरिएको सव स्टेशन बागलुङ बजार पछिको दोस्रो भएको र जिल्लाको सबै भुभगमा विद्युतिकरण गर्न थप २ सव स्टेशन निर्माण गर्नुपर्ने आवश्यकता रहेकोले सोही अनुसार गृहकार्य अगाडी बढाइएको नेपाल विद्युत प्राधिकरणले बताएको छ ।


प्रकाशित मिति: आइतबार, भदौ ७, २०७७  १५:५६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP