शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • सन्दीपले दुई विकेट लिएपनि जमैका पराजित
सन्दीपले दुई विकेट लिएपनि जमैका पराजित
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, भदौ ११, २०७७
sandip lamichhane

काठमाडौं । लेग स्पिनर सन्दीप लामिछानेले दुई विकेट लिएपनि उनको टोली जमैका तलाबाज भने क्यारेबिन प्रिमियर लिग (सीपीएल)टी–ट्वान्टी क्रिकेटअन्तर्गत आज भएको खेलमा पराजित भएको छ ।

ट्रिनिडाड एण्ड टोबेगामा आफ्नो पाँचौ खेलमा सन्दीपले उत्कृष्ट खेल प्रदर्शन गर्दै दुई विकेट लिएका छन् । सन्दीपको टोली जमैका भने बर्बाडोस ट्राइडेन्ससित ३६ रनले पराजित भएको छ । उक्त खेलमा सन्दीपले ४ ओभरमा १६ रन खर्चिए । प्रारम्भमा ब्याटिङ गरेको बर्बाडोसले ७ विकेटको क्षतीमा १४८ रन बनायो । उसका लागि केयल मेयर्सले बिस्फोटक ब्याटिङ गर्दै ८५ रन बनाए ।

बर्बाडोसले मध्यम योगफल तयार पारेको थियो । मिसेल सेन्टनरले २० रन बनाए पनि अरु खेलाडीको प्रर्दशन उल्लेख्य रहेन । जमैकाका लागि मुजिद उर रहमानले ३ तथा फिडेल इडवार्ड र कार्लोस ब्रेथवेटले एक एक विकेट लिए ।

एक सय ४९ रनको लक्ष्य पछ्याएको जमैकाले ९ विकेट गुमाएर मात्र ११२ रन बनाउन सक्यो । जमैकाका लागि नक्रमा बोनरले सर्वाधिक ३१ रन बनाए । आजको खेलमा सन्दीपले पनि ब्याटिङ गरेका थिए । उनि ६ बल खेल्दै ४ रन बनाई अविजित रहे ।

जमैकाले हालसम्म खेलेको ५ खेलमध्ये २ मा जित तथा तीनमा हार बेहोर्दै ४ अङ्क जोडेको छ । जमैका अङ्क तालिकाको पाँचौ स्थानमा छ । आजको खेलमा विजयी भएको बार्बाडोस ४ अङ्कसहित रनरेटका आधारमा तेस्रो स्थानमा उक्लिएको छ ।उसले ५ खेलमा दुईमा जित तथा तीन खेलमा हार बेहोरेको छ । सन्दीप सम्मिलित जमैकाले आफ्नो छैटौँ खेल भदौ १४ गते खेल्नेछ । रासस


प्रकाशित मिति: बिहीबार, भदौ ११, २०७७  १०:५०
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP