शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • म्याग्देलीहरुको एकताका लागि युएईमा रमाइलो वनभोज
म्याग्देलीहरुको एकताका लागि युएईमा रमाइलो वनभोज
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, माघ २८, २०७५
52577836_318796955508867_3094662797355646976_n

काजिमान बुढाथोकी मगर
युएई ,सोमबार माघ २८ गते ।म्याग्दी प्रबासी नेपाली संघ राष्ट्रिय कार्यकारी समिती (मोना ) युएईको सामुहिक भाईचारा विकासका लागि आयोजना गरिएको वनभोज कार्यक्रम सम्पन्न भएको छ ।
मोना म्याग्दीको आयोजनामा शुक्रबार दुबैको माम्जार बिच पार्कमा विभिन्न कार्यक्रम गरि सामुहिक वनभोज कार्यक्रम सम्पन्न भएको हो ।


रोजगारिको शिलशिलामा युएईमा कार्यरत म्याग्देली तथा गैरम्याग्देलिहरुमा आपसी भाइचारको विकास गर्ने उदेश्यले आयोजित रमाइलो वनभोजको आयोजना गरिएको हो ।
विगत बर्षहरुमा झै यसबर्षमा पनि छरिएर रहेका म्याग्देलीहरुको पारिवारिक भेटघाट तथा गैर म्याग्देलीहरु संग मेलमिलाप र आपसी सद्भाव मजबुत गर्नलाई कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक हिमाल खड्काले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रमुख अतिथी एनआर एन एका कोषाध्यक्ष राजु केसिले कर्मभुमी युएईमा कार्यरत म्याग्देली तथा गैर म्याग्देली नेपालीहरु बिचमा एकताको अनुपम उदाहरण कायमै राखी आपसी भाइचारा सम्बन्धको सौहार्दतापुर्ण बिनिमयलाई अझै उच्च राख्नमा बनभोज कार्यक्रमले ठूलो तेवा पुग्ने बताउनुभयो ।

मोना युएईका अध्यक्ष रुद्र रोका मगरले कार्यक्रम सोचे भन्दा राम्रो भएको भन्दै खुशि व्यक्त गर्नुभयो । साथै उहाँले कार्यक्रम सफल बनाउनमा सहयोग पु¥याउने सबैलाई धन्यवाद दिंदै आगामी दिनहरुमा पनि यस्तै एकता सहितको कार्यक्रमहरु आयोजना हुनेमा विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा आयोजित तातो आलु खेल, पुरुष लठो तान्ने खेल ,पुरुष र महिलाको गुच्चा अड्यााउने खेल र अन्धनिसान प्रतियोगितामा प्रथम,द्धितिय र तृतिय स्थान हासिल गर्ने प्रतियोगिहरुलाई पुरस्कारले सम्मान गरिएको थियो ।

यसैगरि कार्यक्रममा मोना सास्कृतिक समुहका यमुना रोका मगर,पार्वती अर्मजा मगर र रुपा बोहोराले एकल नृत्य गर्नुभएको थियो भने थम सुनारले आफ्नो एकल भाकामा सालैजो पस्किएर माहोल तताएका थिए भने प्रकाश पुन, कुमार पाइजा, धिरज गर्बुजा र कुल प्रशाद पुर्जाले मगरहरुको मौलि सोरथी नाच देखाउनुभएको थियो । सोही कार्यक्रममा काजिमान बुढाथोकी मगर, दिर्घ जुग्जाली मगर, यमुना रोका मगर र रिङ माया पुन मगरले सालैजो भाकामा सामुहकि नृत्य प्रस्तुत गर्नुभएको थियो ।



कार्यक्रममा प्रमुख अतिथी एनआर एनका कोषाध्यक्ष केसिको प्रमुख अतिथ्यता, मोना युएईका अध्यक्ष रोका मगरको सभापतित्व,मोना युएईका सल्लाहकार तथा वनभोज कार्यक्रमका संयोजक खड्काको स्वागत मन्तव्य र महासचिव सुवास राम्जालिको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।कार्यक्रममा करिब २ सय ४५ जनाको सहभागि रहेको थियो।

काजिमान बुढाथाेकी मगर माेना युएईका सचिव हुनुहुन्छ ।

सच्चाइएको : यससअघि प्रकाशित समाचारमा प्रमुख अतिथी एनआर एन एका कोषाध्यक्ष राजु केसि हुनुपर्नेमा अन्यथा भएकाले सच्चाइएको छ ।


प्रकाशित मिति: सोमबार, माघ २८, २०७५  ०९:२०
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP