शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • ओछ्यानबाटै कक्षा चार ! (फोटो/भिडिओ सहित )
ओछ्यानबाटै कक्षा चार ! (फोटो/भिडिओ सहित )
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, भदौ २३, २०७७
IMG_0466

बेनी । शारिरिक रुपमा अशक्त भएपनि यहाँका एक बालक ओछ्यानबाटै कखरा सिके । जिल्लाको मंगला गाउँपालिका–५,छिस्बाङ्गका १६ बर्षिय विकास दर्जीमा जन्मेको ६–७ महिनामै शारिरीक अशक्तताको लक्षण देखा पर्न थाल्यो । छरछिमेकका साथीभाईसंग खेल्दै विद्यालय जाने र पढ्ने उनको इच्छा अधुरै रह्यो ।

तर,परिवारको आर्थिक अवस्थाका कारण उनले उपचार पाउन सकेनन् । दर्जीका हात र खुट्टा कमजोर छन् । शारिरीक अवस्थाले साथ नदिएपनि उनले पढ्ने अठोट लिएका छन् । साथै उनका अभिभावकले दर्जीलाई साथ दिएका छन् । छोराको पढ्ने इच्छा पुरा गर्न दैनिक विद्यालय पु¥याउने गरेका छन् । उनि गाउँकै खारपानी आधारभुत विद्यालयमा कक्षा चारमा अध्ययनरत छन् ।

भिडिओ

https://youtu.be/CD0T5rSxhbk

‘शारिरीक अशक्तताका कारण पनि छोराको बलियो आत्मबल र पढ्ने अठोट देखेर उसलाई साथ दिन पिठ्युमा बोकेर दैनिक विद्यालय पु¥याउने गरेको छु ,’ बुबा दिलबहादुरले भने । विद्यालयमा पनि विकासका लागि छुट्टै ओछ्यान छ । उनि त्यही ओछ्यानबाट साथीभाईसंगै पढ्छन् ।

जन्मदा अरुको जस्तै स्वास्थ्य अवस्था सामान्य भएपनि पछि उमेर बढ्ढै जाँदा विकासको शरिर लुलो हुँदै गएको बुबा दिलबहादुर बताउछन् । आर्थिक अवस्था कमजोर भएकाले छोराको शरिर अरुको भन्दा फरक हुँदै गएपनि समयमै छोरालाई अस्पताल पु¥याउन नसकिएको दिल बहादुरले सुनाए ।

छोराको शरिर विग्रिदै गएपछि छिमेकीसंग ऋण मागेर पोखरा स्थित विभिन्न अस्पतालमा पु¥याए पनि छोराको स्वास्थ्यमा भने कुनै परिवर्तन नआएको बुबा दिलबहादुरको भनाई छ । अस्पतालले उपचार पछि छोरा निको हुने बताए पनि पैसा अभावमा छोराको उपचार गराउन नसकिएको उनि बताउँछन् । अस्पतालले छोरालाई ह्वीलचियरमा राख्न सुझाएको थियो । विकास करिब एक घण्टा मात्र उठेर बस्न सक्ने बुबाको भनाई छ ।

आर्थिक अभावमा राम्रो अस्पतालमा उपचार गराउन नसक्दा छोराको स्वास्थ्य अवस्था विग्रिदै गएपछि ह्वीलचियरमा पनि अडिन नसक्ने अवस्थाले गर्दा विकासलाई ओछ्यानमा सुताउन बाध्य भएको बुबा दिलबहादुरले भावुक हुँदै सुनाए । विकासले मासिक तीन हजार रुपैयाँका दरले अपङ्गता भत्ता पाउँदै आएका छन् ।

‘करिब नौ बर्षको उमेरमा विकासकी आमा र दिदीले पोखरा स्थित विभिन्न अस्पताल पु¥याएपनि छोराको स्वास्थ्यमा सुधार आएन,’ बुबा दिलबहादुरले भने ,‘पैसा भयो भने छोरालाई काठमाडौंका ठुला अस्पतालमा लगेर उपचार गराउने ठुलो धोको छ ।’ विकासका एक दिदी र बहिनी छन् । दिल बहादुर सानो फर्निचर उद्योग संचालन गरेपनि जिविका चलाउन मुस्किल हुने बताउँछन् । ‘आर्थिक स्रोत यही एउता फर्निचर हो ,यसबाट पनि जिविका धान्न धौधौ भएको छ ।’ आँखाबाट आशु बगाउँदै दिलबहादुरले थपे , ‘दैनिक जिविका चलाउन गाह्रो भएको बेला छोरालाई उपचार गराउने कुरा परको हो ।’
आर्थिक सहयोग गर्न चाहनेहरुका लागि सम्पर्क नम्बर बुबा दिल बहादुर दर्जी–९८४२२६८८९१


प्रकाशित मिति: मंगलबार, भदौ २३, २०७७  १४:१५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP