क्लब भवन निर्माण तथा भाडाकुडा खरिदमा खर्च गरिने
बेनी । रोजगारीको सिलसिलामा विभिन्न देशमा रहेका म्याग्दीको मालिका गाउँपालिका –५,रुन्माबासीले तीन लाख ३५ हजार रुपैयाँ बढी सहयोग जुटाएका छन् । क्लब भवन निर्माण तथा सामाजिक काममा प्रयोग गरिने भाडाकुडा खरिदका लागि अमेरिका ,पोर्चुगल ,कोरिया ,दुबई ,जापान र कुवेत लगायत देशमा रहेका रुन्माबासीले सो रकम जुटाएका हुन् ।
गाउँबासीले जुटाएको सामाजिक कार्यमा प्रयोग गरिने भाडाकुडा
आर्थिक सहयोग रकम एक कार्यक्रमकाविच वडा सदस्य मिम पुन मगरले नव सिर्जना युवा क्लबका अध्यक्ष तम बहादुर पुनलाई हस्तान्तरण गर्नुभएको क्लब कोषाध्यक्ष कुलेन्द्र फगामीले जानकारी दिनुभयो । असार २५ मा अविरल बर्षापछि आएको पहिरोले क्लब भवन बगाउँदा २५ लाख रुपैयाँ बढीको क्षति भएको थियो । कोरोना कहरका विच पनि आर्थिक सहयोग गरेको भन्दै सहयोगी दाताहरुलाई क्लबले धन्यबाद दिएको छ ।
गाउँबासीले जुटाएको सामाजिक कार्यमा प्रयोग गरिने भाडाकुडा
प्रवासमा जुटाएको सो आर्थिक सहयोग रकम सामाजिक कामका लागि आवश्यक भाडा सामग्री खरिद गर्ने र बाँकी रकम भवन निर्माणमा खर्च गरिने कोषाध्यक्ष फगामीले बताउनुभयो । पहिरोले क्षति पु¥याएको क्लब भवन रहेको भाडाकुडा लगायत सामग्री क्लबको नेतृत्वमा संचालन हुँदै आएको थियो ।
क्लब भवन सामाजिक काम(बिबाह ,काजकिरिया)मा प्रयोग गरिने विद्युतिय लगायत भाडाकुडा सामग्रीहरु थियो । त्यसैगरी गाउँबासीले १२ देखी १५ लाख रुपैयाँ बराबरको भाडा सामग्री जुटाएका छन् ।अविरल बर्षापछि गएको पहिरोको कारण रुन्मामा सात घर विस्थापीत भएका छन् । विस्थापित पीडित परिवारको पुर्नवासका लागि क्लबले अभियान थाल्ने कोषाध्यक्ष फगामीले बताउनुभयो । पहिरोले समाज घर बगाएपछि वडा सदस्य पुन मगरले भाडाकुडा सहित आफ्नो घर क्लबलाई दान गर्नुभएको थियो । भवन निर्माणमा क्लबको नेतृत्वमा स्थानीय युवाहरु सक्रिय भएर जुटेका छन् ।