शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • लायन्स क्लब अन्तराष्ट्रियद्धारा म्याग्दीका बाढी पहिरो पीडितलाई ४ लाख रुपैयाँ बराबरको राहत सामाग्री सहयोग (फोटो /भिडिओ सहित)
लायन्स क्लब अन्तराष्ट्रियद्धारा म्याग्दीका बाढी पहिरो पीडितलाई ४ लाख रुपैयाँ बराबरको राहत सामाग्री सहयोग (फोटो /भिडिओ सहित)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, भदौ २४, २०७७
websiteff

बेनी । लायन्स क्लब अन्तराष्ट्रियले म्याग्दी र पर्वत बेनीका बाढी पहिरो पीडितलाई चार लाख रुपैयाँँ बराबरको राहत सामाग्री सहयोग गरेको छ । ८० बाढी पहिरो पीडित परिवार मध्य बुधबार बेनी नगरपालिकाका २९ र पर्वत बेनीका ४ परिवारलाई राहत सामाग्री वितरण गरिएको हो । प्रति परिवार पाँच हजार रुपैयाँ बराबरको एक थान त्रिपाल, एक थान ब्लाङकेट, एक थान म्याटे«स, एक बोरा चामल, एक केजी दाल, एक केजी चिनी, एक पोका ननु र तेल लगायत दैनिक उपभोग्य खाद्यान्न सामाग्री वितरण गरिएको छ ।

सो राहत सामाग्री प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीलाई हस्तान्तरण गर्नुभएको हो । राहत सामग्री हस्तान्तरण गर्दै प्रजिअ अधिकारीले सहयोगी लायन्स अन्तराष्ट्रियलाई धन्यवाद ब्यक्त गर्नुभयो । उहाँले राहत सामग्री वास्तविक पीडितको पहिचान गरेर मात्र वितरण गर्नुपर्नेमा जोड दिनुभयो । बाढी पहिरोले म्याग्दीमा ठुलो भौतिक तथा मानविय क्षति पु¥याएको भन्दै पुर्नवास तथा पुनस्र्थापनमा सघाउन सबैलाई आग्रह गर्नुभयो । भिडिओ

https://youtu.be/YV9BB-DtGdA

सहयोग प्रति धन्यवाद ब्यक्त गर्नुहुँदै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवेदीले वास्तविक पीडित परिवारको पहिचान गरी राहत सामाग्री वितरण गरिने बताउनुभयो । कार्यक्रममा स्पेसल क्याविनेट सेक्रेटीरियल लायन सन्तोष रावल जिल्लाका बाढी पहिरो पीडित परिवारका लागि लायन्स क्लब अन्तराष्ट्रियले चार लाख रुपैयाँ बराबरको राहत सामाग्री सहयोग गरेको बताउनुभयो । उहाँले बाढी पहिरो पीडितका लागि तत्काल जिल्लामा आर्थिक सहयोग संकलन गरी वितरण गरिएको बताउनुभयो ।

रिजन चियर पर्सन लायन लोकेश पुन मगरका अनुसार ८० परिवार मध्य बेनी बुधबार बेनी नगरपालिकाका २९ र पर्वत बेनीका ४ बाढी पहिरो पीडित परिवारलाई सो राहत सामाग्री वितरण गरिएको छ । भने बाँकी मालिका र धवलागिरी गाउँपालिकाका पहिरो पीडित २६ परिवारका लायन्स क्लव अफ म्याग्दी ,दरवाङलाइ जिम्मा दिइएको छ ।

त्यसै गरी मंगला गाउँपालिकाका ६ घरका लागि लायन्स क्लव अफ म्याग्दी, मंगलालाई तथा अन्नपुर्ण गाउँपालिकाका १५ बाढी पहिरो पीडित परिवारका लागि लायन्स क्लव अफ म्याग्दी ,अन्नपुर्णलाइ पठाइएको छ ।कार्यत्रममा कलोष्टर प्रमुख लायन सुनिता केसी र जोन चियर पर्सन लायन ठाकुर प्रसाद शर्मा लागयतको बेनी नगरपालिकाका वडा अध्यक्ष,कार्यपालिका सदस्य तथा कर्मचारीहरुको उपस्थिती रहेको थियो ।


प्रकाशित मिति: बुधबार, भदौ २४, २०७७  १८:०६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP