शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • गण्डकीका ८५ प्रतिशत गाउँमा टेलिकमको फोरजी
गण्डकीका ८५ प्रतिशत गाउँमा टेलिकमको फोरजी
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, असोज १६, २०७७
4g

पोखरा । नेपाल टेलिकमले गण्डकी प्रदेशका ८५ प्रतिशत स्थानीय तहमा चौथो पुस्ताको मोवाइल र इन्टरनेट सेवा (फोरजी) बिस्तार गरेको छ। सेवा बिस्तारको क्रममा टेलिकमले शुक्रबार गोरखाको माथिल्लो भेगको बारपाक–सुलिकोट गाउँपालिकाको क्षेत्रमा सेवा बिस्तार गरेको हो। मोवाइल सेवा नै नपुगेको ठाउँमा टेलिकमले उच्चगतिको इन्टरनेट सुविधासहितको सेवा बिस्तार गरेपछि स्थानीय खुसी भएका छन्।

गोरखाको बारपाक–सुलिकोट गाउँपालिका–३ स्थित रातमाटेमा बिटिएस राखेर आसपासका गाउँमा सेवा दिनेगरि चौथो पुस्ताको फोरजी सेवा बिस्तार गरेको टेलिकम पोखराका प्रमुख नरेन्द्रमान सिं महर्जनले जानकारी दिए। उनका अनुसार यो सेवाले अब उपल्लो भेगमा सञ्चार पहुँचमा सहज हुनेछ। ‘सबै ठाउँमा सहज इन्टनरेट र फोन सेवा उपलब्ध गराउने प्रयासमा लागिरहँदा यो सेवा बिस्तार गरिएको हो,’ उनले भने।

महर्जनका अनुसार गण्डकी प्रदेशका करिब ८५ प्रतिशत स्थानीय तहमा फोरजी सेवा बिस्तार भईसकेको छ। अब गोरखा, मनाङ लगायतका जिल्लाको उपल्लो भेगमा मात्र यो सेवा पुग्न बाँकी रहेका उनले बताए। आगामि मंसिरसम्म गण्डकीका सबै स्थानीय तहमा फोरजी सेवा बिस्तार हुने उनले बताए। शुक्रबार सेवा पुगेको गोरखाको यो गाउँ र आसपासका क्षेत्रमा यसअघि कुनैपनि कम्पनिको मोवाइल सेवा थिएन।

जिल्ला सदरमुकामबाट करिब ४५ किलोमिटर टाढाको यो गाउँमा फोरजीसँगै गाउँलेलाई निःशुल्क सिमकार्ड पनि वितरण गरिएको टेलिकम पोखराका बिक्री प्रमुख दिनेशमणि लामिछानेले बताए। गोरखाको उपल्लो भेगमा फोरजी सेवा पाउने यो नै पहिलो गाउँ पुगेको छ। सुलिकोट भन्दा माथिल्लो भेगमा अझै सेवा पुग्न बाँकी रहेको उनले बताए।

फोरजीमा द्रुतगतिको इन्टरनेट सेवा प्रदान गर्छ। सेवा बिस्तारसँगै यहाँ ३ सय सिमकार्ड पनि वितरण गरिएको छ। स्थानीयले निःशुल्क सिम पाएका छन्। सिमकार्डमा १० रुपैयाँको कल भ्यालु, ६० एमबी डाटा र ६० मिनटसम्म निःशुल्क कुरा गर्न पाउने सेवा पनि छ। महर्जन र बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले यो सेवाको शुभारम्भ गरेका थिए।

गाउँपालिकाका अध्यक्ष भट्टका अनुसार यसअघि गाउँमा मोवाइल सेवा पुगेका थिए। गाउँका चिसापानी, रातमाटे, चित्रे, पासाभित्ता लगायतका गाउँमा मोवाइल सेवा पुग्न नसकेको उनले बताए। त्यस्तै ७ नम्बर वडाको अमले, ढोडेनी, धारापानी क्षेत्रमा पनि मोवाइलको कुनै पनि सेवा थिएन। टेलिकमले फोरजी सेवा बिस्तार भएपछि इन्टरनेटमा बढी सहज भएको गाउँपालिका अध्यक्ष भट्टले बताए। nagariknews.nagariknetworkबाट साभार


प्रकाशित मिति: शुक्रबार, असोज १६, २०७७  १५:४०
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP