शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • मर्स्याङ्दीमा फेरि ५० मेगावाटको जलविद्युत्
मर्स्याङ्दीमा फेरि ५० मेगावाटको जलविद्युत्
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, असोज १८, २०७७
bidhut

लमजुङ । यसअघि दुई ठूला जलविद्युत् आयोजना निर्माण गरिएको मर्स्याङ्दीमा ५० मेगावाटको अर्को जलविद्युत् निर्माण प्रक्रिया थालिएको छ । बेंसीसहर नगरपालिका–१० र वडा नम्बर–६ लाई मुख्य प्रभावित क्षेत्र बनाएर मर्स्याङ्दी बेंसी जलविद्युत् आयोजना निर्माण हुन लागेको हो । विद्युत् खरिद सम्झौता ९पीपीए० र लगानी व्यवस्थापन गरी आयोजनाको निर्माण प्रक्रियामा अघि बढेको हो ।

दिव्यज्योति हाइड्रोपावर प्रालिले निर्माण गर्न लागेको ५० मेगावाटको मर्स्याङ्दी बेंसी जलविद्युत् आयोजनामा चिनियाँ कम्पनी चाइना चोङकुइङ अनलाय हर्बल कम्पनी लिमिटेडको ९८ प्रतिशत लगानी हुनेछ । नेपालका गोपालकृष्ण कोइरालाको पनि २ प्रतिशत लगानी रहनेछ । एक दशकअघि दिव्यज्योति हाइड्रोपावरले सर्भे गरेको आयोजनाले चिनियाँ कम्पनीलाई सेयर बेचेको हो । नेपालमा लगानी गर्न पाउँदा खुसी लागेको दिव्यज्योतिका उपमहाप्रबन्धक एवं प्रमुख इन्जिनियर कोलुङ च्याले बताए । कम्पनीको नेपालमा पहिलो लगानी भएको र चिनियाँ प्रविधिमार्फत जलविद्युत् निर्माण गरिने उनले जानकारी दिए ।

२०७५ भदौ १० मा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिदबिक्री सम्झौता ९पीपीए० भएको आयोजनाले २०८४र०८५ अगावै निर्माण सक्ने लक्ष्य लिएको छ । आयोजना निर्माणमा ८ अर्ब ६६ करोड ६२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको परामर्शदाता नेपाल इन्भाइरोन्मेन्ट एन्ड डेभलपमेन्ट कन्सल्टेन्सी प्रालि ९एनईसीडी० का प्रबन्ध निर्देशक नारायणप्रसाद खनालले बताए ।

बेंसीसहर नगरपालिका–६, बेलौतीबिसौनानजिकै बाँध बाँधेर ६ दशमलव ६५ मिटरको सुरुङ निर्माण गरी ३ सय १५ मिटरको पेनस्टक पाइप राखेर बेंसीसहर नगरपालिका–१० सालडाँडामुनि अर्धभूमिगत गृह निर्माण गरेर विद्युत् उत्पादन गरिनेछ । आयोजनामा २५र२५ मेगावाटका २ वटा फ्रान्सिस टर्बाइन रहनेछन् । उत्पादित विद्युत् उत्पादन गृहबाट ५ किलोमिटर दूरीमा निर्माण गरिने उदिपुर सबस्टेसनमा जडान गरिनेछ । आयोजनाबाट वार्षिक ३ सय २१ दशमलव १५ गिगावाट आवर ऊर्जा उत्पादन हुने प्रक्षेपण गरिएको छ । सुक्खायाममा ६५ दशमलव ५० गिगावाट आवर र वर्षायाममा २ सय ५८ दशमलव ६५ गिगावाट आवर विद्युत् उत्पादन हुनेछ ।

बेंसीसहरमा आयोजित सार्वजनिक सुनुवाइमा शुक्रबार प्रतिनिधिसभा सदस्य एवं नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङले नागरिकको भावनालाई समेटेर अघि बढ्न आयोजना पक्षलाई आग्रह गरे । ‘आयोजनाले सुरुमा प्रक्रियागत काम गर्दा स्थानीयसँग यथेष्ट छलफल गरेको देखिँदैन । स्थानीयको भावनालाई समेटेर आयोजना निर्माण गर्न आवश्यक छ,’ उनले भने, ‘आयोजना निर्माण गर्दा नेपालको संविधान र कानुनविपरीत गरिए भोलि समस्या हुन सक्छ ।’

आयोजना र नागरिक दुवैले ‘विनविन’ हुने गरी आयोजना निर्माण हुनुपर्ने गण्डकी प्रदेशसभा सदस्य धनञ्जय दवाडीले बताए । ‘विद्युत्ले देशलाई उज्यालो बनाउँछ । हामीलाई समृद्धिको मार्गमा अघि बढाउनेछ,’ उनले भने, ‘कानुनभन्दा माथि कोही हुँदैन । प्रभावित स्थानीयको चित्त बुझाएर आयोजना निर्माण गर्नुपर्छ ।’

रन अफ द रिभर प्रकृतिमा निर्माण गरिन लागेको आयोजनाले विद्युत् उत्पादनका क्रममा हिउँदमा १० प्रतिशत पानी नदीमा छाड्ने, एउटा रूख काटेबापत १० वटा लगाउने, नदीमा माछाका भुरा छाड्ने, जलचरको बासस्थान जोगाउन ठुल्ठूला ढुंगा राख्ने, भाचोक खोलाको पानी प्रयोग नगर्ने, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक निर्माणमा सहयोग गर्ने, महिला, दलित, जनजातिको जीवनस्तर सुधार्न कृषि र जडीबुटीका तालिम सञ्चालन गर्ने, स्थानीयलाई रोजगार दिने, स्थानीयलाई १० प्रतिशत सेयर दिने कार्यक्रम अघि सारेको छ । ekantipurबाट साभार


प्रकाशित मिति: आइतबार, असोज १८, २०७७  ११:२०
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP