शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • पुम्दीकोटमा विशाल महादेवको मूर्ति जडान हुँदै
पुम्दीकोटमा विशाल महादेवको मूर्ति जडान हुँदै
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, असोज २९, २०७७
murti

गण्डकी । सरकारले स्थापित तथा प्रवर्द्धन गरिनुपर्ने गन्तव्यमा सूचीकृत गरेको धार्मिक एवं ऐतिहासिक स्थल पोखरा महानगरपालिका वडा नम्बर २२ स्थित पुम्दीकोटमा निर्माणाधिन विशाल महादेवको मूर्ति निर्माण प्रक्रियाले गति लिएको छ ।

पुम्दीकोट कोट विकास समितिको सकृयतामा रु ४० करोड लागतमा निर्माणाधिन विशाल महादेव मूति कार्यअन्तर्गत मूर्ति जडान गर्ने काम भइरहेको छ । समितिले १ सय ५ फिटको उठेको स्वरुपमा महादेवको मूर्ति राख्ने लक्ष्य राखे पनि नागरिक उड्डयन प्राधिकरणको सल्लाहअनुसार बसेको स्वरुपमा ५१ फिट उचाइको मूर्ति राख्ने काम भइरहेको समितिका अध्यक्ष एवं निर्माण समितिका संयोजक चन्द्रकान्त बरालले बताए ।

पुम्दीकोटका प्रचुर पर्यटकीय सम्भावनालाई दृष्टिगत गर्दै विशाल महादेव मूर्ति स्थापना गर्न लागिएको उनले बताए । पोखराको मुख्य बजारक्षेत्रबाट झण्डै १३ किमी दूरीमा रहेको पुम्दीकोटबाट पोखरा उपत्यकासहित हिमाली शृङ्खला अवलोकन गर्न सकिन्छ । पुम्दीकोटका पर्यटकीय सम्भावनालाई उजागर गर्ने लक्ष्यका साथ २०७३ साल फागुनमा महाशिवपुराण लगाउँदा रु छ करोड १८ लाखसहित २० रोपनी जग्गा दान प्राप्त भएको थियो ।

सो अभियानलाई साकार पार्न उद्योगपति कमल जैनले महादेवको मूर्ति निर्माण गर्न सहयोग गरेका छन् । त्यस्तै वीरगञ्जका उद्योगपति मुरलीधर रुङ्गटा र समाजसेवी एवं अभियानका संयोजक बरालले रु एक÷एक करोडसहित विभिन्न सहयोगी व्यक्ति एवम् संघसंस्थाबाट सहयोग प्राप्त भएको समितिले जनाएको छ । निर्माण कार्यमा पर्यटन मन्त्रालय, पोखरा महानगरपालिकालगायतका विभिन्न सरकारी निकायले सहयोग गरेका छन् ।

समितिले बृहत् गुरुयोजना तयार गर्दै त्यसअनुरुप काम अघि बढाएको समितिका सहसचिव प्रकाश बराल बताए । लक्षित योजना अनुसार पहिलो चरणमा महादेवको मूर्ति स्थापनासहित गणेशले परिक्रमा गरिरहेका १०८ शिव लिङ्ग, १०८ स्वर्गद्धारी सिंढी लगायतका संरचना सक्ने योजना रहेको उनले जानकारी दिए ।

समितिले दोस्रो चरणमा गुरु महाराज आश्रम, हरियाली बगैँचा, शान्तिस्तम्भ, ज्येष्ठ नागरिक मिलन केन्द्र, पार्किङस्थललगायत संरचना निर्माण गर्ने योजना बनाएको छ । गुरुयोजनाअनुसार सबै काम सम्पन्न गर्न रु ४० करोड लाग्ने र हालसम्म रु १४ करोड भन्दा बढी खर्च भइसकेको छ । पोखराको फेवातालसहित पोखरा, अन्नपूर्ण, माछापुच्छ्रेलगायतका हिमशृङ्खला एकसाथ देख्न सकिने पुम्दीकोट प्रकृतिको बरदान भएको वडा नम्बर २२ का वडा सदस्य मात्रिका बरालले बताए । नागरिक खबरबाट साभार


प्रकाशित मिति: बिहीबार, असोज २९, २०७७  १६:४६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP