शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
मनोरञ्जन
  • गृहपृष्ठ
  • विष्णु खत्रीको लाहुरे बाको आगनीमा देउसी भैलो गीतले दर्शक श्रोताको मन जित्दै
विष्णु खत्रीको लाहुरे बाको आगनीमा देउसी भैलो गीतले दर्शक श्रोताको मन जित्दै
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, कात्तिक १५, २०७७
FB_IMG_1604102107662

थम्मन थापा
बागलुङ ।यतिबेला नेपालीहरुको दोस्रो महान चाड तिहार हाम्रो घर आगनीमा बिस्तारै आउँदै छ । सबैका आगनीका डिलमा फुलेका मखमली सयपत्री अनि गुर्धौली फूलले तिहारलाई स्वागत गरिरहेका छन् ।

तिहार भन्ना साथ तपाईं हाम्रो मन मस्तिष्कमा देउसी भैलो गुञ्जन्छ । अहिले गाउँ देखि शहर सम्म जताततै देउसी भैलो खेल्ने प्रचलन छ । तिहार हिन्दु धर्मावलम्बीहरूको दशैं पछिको सबैभन्दा ठूलो पर्व हो । यो पर्व कार्त्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले शुरु भएर कार्त्तिक शुक्ल पक्षको द्वितीया तिथिको  भाइटीकासम्म ५ दिन मनाइन्छ ।

५ दिनसम्म मनाइने भएकाले यसलाई यमपञ्चक पनि भनिन्छ । यमराजले आफ्नी बहिनी यमुनाका घरमा आतिथ्य ग्रहण गरेको हुनाले यी पाँच दिनलाई यमपञ्चक भनिएको छ । यही दिन भगवान धन्वन्तरीको जन्म भएको हुनाले यसलाई धन्वन्तरी जयन्ती वा धनतेरस पनि भनिन्छ । यसै दिन साँझमा घरको मूलद्वारको सामु यमराजलाई दीपदान गर्नाले मृत्युदेव प्रसन्न भई आरोग्यता तथा दीर्घजीवन प्रदान गर्छन् भन्ने विश्वास छ ।

त्यो घरमा कहिल्यै पनि अपमृत्यु वा अल्पमृत्यु हुँदैन भन्ने मान्यता छ । यमपञ्चकमा क्रमशः काग, कुकुर, गाई, लक्ष्मी, गोवर्धन र भाइ पुजा गरिन्छ । पिङ खेल्ने, दीपावली गर्ने र देउसीभैलो खेल्दै सेलरोटी आदि मिष्ठान्न खाई रमाइलो गरी तिहार मनाउने गरिन्छ । चाडबाड नजिकिए सँगै चाडपर्व लक्षित गीतहरू पनि बजारमा प्रस्तुत हुन थालेका छन् । शुक्रबार लोक तथा दोहोरी गायक विष्णु खत्रीले मौलिक देउसी भैलो गीत लाहुरे बाको आगनीमा सार्वजनिक गरेका छन् । समाजमा नेताको भूमिका, मास्टर साब अर्थात शिक्षकको भूमिका र लाहुरे बाको जिन्दगीलाई गीतमा चित्रण गरिएको छ । लोक तथा दोहोरी गायक विष्णु खत्री । बागलुङको गलकोट नगरपालिका ७ मल्ममा जन्मेका खत्री लामो समय देखि अनवरत रुपमा लोक दोहोरी क्षेत्रमा सकृय छन । सिसा टल्केको गीती एल्वमबाट आफनो सांगितिक यात्रा तय गरेका खत्रीले नेपाली गीत संगीतको बजारमा हजारौं गीत श्रोता दर्शक सामु प्रस्तुत गरिसकेका छन । हरेक विषयवस्तुलाई गीत संगीतमा उतार्न सक्ने खुबी छ गायक खत्रीमा ।

 उनी लोक दोहोरीमा आफुलाई निकै अब्बल सावित गरिसकेका छन । आफनै लय शब्द र स्वरमा कहिले भरिया, कहिले बेपत्ता परिवार, कहिले किसान, कहिले लाहुरे, कहिले विदेशमा रहेका नेपालीको पिडा, माया प्रेम सँगै सहिदका समेत गीतहरु मार्फत नेपाली लोक दोहोरी क्षेत्रमा एक नक्षेत्रको रुपमा स्थापित भईसकेका छन । वि.सं २०५७/०५८ तिरबाट गीत संगीतमा प्रवेश गरेका  गायक खत्रीले दशैं तिहारमा प्रत्येक वर्ष नयाँ गीत श्रोता दर्शक माझ प्रस्तुत गर्दै आउने क्रममा यसपटक तिहारलाई लक्षित गरी यो गीत बजारमा ल्याएका हुन् ।

आफनै युट्युव च्यानल मार्फत रिलिज भएको उक्त गीतले २४ घण्टामै अत्यधिक दर्शक श्रोताको माया पाएको छ । गायक खत्रीले बजारमा ल्याएका सबैजसो गीतमा आँफ्नै शव्द र लय सिर्जना रहेकोमा पछिल्लो गीतमा पनि यसको निरन्तरता देख्न सकिन्छ । गीतले नजिकिदै गरेको महान चाड तिहार गाउँ घरमा खेलिने देउसी भैलो मार्फत हाम्रो समाजमा सन्देश प्रदान गरेको छ । हाम्रो समाजको परिवेश, जनताको आवाज अनि समाजको वास्तविक विषयवस्तु उठान भएको हुँदा गीतले उल्लेख्य दर्शक श्रोताको मन जित्ने गायक खत्रीले अपेक्षा गरेका छन् ।

नेपाली लोक संगीतमा लामो समय चर्चाको शिखरमा रहेका गायक खत्रीले कोरोना संकटका बीच हाम्रो तिहारको मौलिक कला संस्कृति अनि परम्परा र रिति रिवाजलाई संरक्षण गर्न र जीवन्त राख्दै नयाँ पुस्ता सम्म पुर्याउन यो गीत सृजना गरेको जानकारी दिएका छन् ।‌ उनको उक्त गीतले नेता, शिक्षक र लाहुरे बाको भूमिका मार्फत जनताको सेवा गर्न र विकास गर्न आग्रह गरेको छ । खानेपानी, स्वास्थय शिक्षा, बाटोघाटो निर्माण, कलकारखाना, उद्योगधन्दा खोल्न र युवा शक्तिलाई स्वदेशमै रोजगारी दिन आग्रह गरेको छ । गायक खत्री र गायिका टिका पुन अनि मुना थापा मगरको सुमधुर आवाजमा रहेको गीतको म्युजिक भिडियोमा निर्देशक होम गुरुङले निर्देशन गरेका छन् । यसमा अभिनय निर्मल क्षेत्री, सम्झना खत्री र सकुना खत्री सहित दर्जनौं कलाकारको अभिनय रहेको छ ।

गीतको म्यूजिक भिडियो तल हेर्नुहोस्  ।

https://youtu.be/Ql1yL8fAKQg


प्रकाशित मिति: शनिबार, कात्तिक १५, २०७७  ०७:२३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP