शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • नेपाललाई चार स्वर्ण
नेपाललाई चार स्वर्ण
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, कात्तिक २४, २०७७
nepal

काठमाडौँ । नेपालले काठमाडौंमा जारी काठमाडौं अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसिपमा आइतबार ४ स्वर्ण जितेको छ। नेपालका कमल श्रेष्ठ र जितबहादुर बोटले राजधानीमा जारी काठमाडौं अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसिपमा स्वर्ण जितेका हुन्।

गत मंसिरमा नेपालमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता कमलले पुरुष ४० वर्षमुनिमा स्वर्ण जितेका हुन्। त्यस्तै साग टिम पुम्सेका कांस्य विजेता जितबहादुरले पुरुष २९ वर्षमुनिको स्पर्धामा स्वर्ण जितेका हुन्। ४० वर्षभन्दा मुनि उमेरसमूहमा नाइजेरियाका अकान्डे सामुयलले रजत जित्दा मल्लवाराचिङ्गे नलका सम्पथ र नेपालका रामकुमार पोखरेलले कांस्य पदक हात पारे।

यसै गरी जितबहादुरले स्वर्ण जित्ने क्रममा नेपालकै प्रेमबहादुर लिम्बुलाई पछि पारे। नेपालका विवेक राई र मकाउका काई लियोङले तेस्रो स्थानमा चित्त बुझाए। पुरुषकै ५० वर्षमाथिको स्पर्धामा पनि नेपालका ईश्वरमान वज्राचार्यले स्वर्ण जिते। उनले नेपालकै विजय शाहलाई पछि पारे। महिलाको ५० वर्षमुनिको स्पर्धामा नेपालकी निरुकुमारी मगरले स्वर्ण जितिन्। यस समूहमा उनले मात्रै प्रतिस्पर्धा गरेकी थिइन्।

पुरुष १७ वर्षमुनिको प्रतिस्पर्धामा म्यानमारका साई अङले पहिलो स्थान हात पारे। मलेसियाका एडम सुहाइमीले दोस्रो स्थान हात पार्दा सुरिनामका यसवीर गोपाल र मलेसियाका याप हानले तेस्रो स्थानमा चित्त बुझाए। महिलाको १४ वर्षमुनिको समूहमा सुरिनामकी चेएने तिजोई पहिलो, थाइल्यान्डकी कविनतिडा दोस्रो तथा भारतकी विजिता गोस्वामी र मलेसियाकी नारा नुर युसुफले तेस्रो स्थान हात पारे।

महिला १७ वर्षमाथिको स्पर्धामा भने चारवटै पदक मलेसियाका खेलाडीले जिते। फिलिस चीनले स्वर्ण, इफास हनिफले रजत तथा फराह मदारुस र विलियमिन लिनीले कांस्य जिते। महिलाकै ४० वर्षमुनिमा मेक्सिकोकी अना इस्पिनोसा पहिलो, नेपालकी रेखमाया गुरुङ दोस्रो र भारतकी अर्चना सामपाङ तेस्रो भए।

पुरुषको ५० वर्षमाथिको प्रतिस्पर्धामा मेक्सिकोका जुआन भेलास्कोले बाजी मारे। उनले नेपालका लक्ष्मणबहादुर ऐरलाई पछि पारे। भारतका प्रमित कुमार र नेपालका राजु नगरकोटीले तेस्रो स्थान हात पारे। पुरुषकै २१ वर्षमुनि मलेसियाका चाङ सुनले स्वर्ण जिते। नेपालका लक्ष्मण श्रेष्ठले रजत जित्दा नेपालकै सुजन चौधरी र कृष्णबहादुर बमजनले कांस्यमा चित्त बुझाए। महिलाको २९ वर्षमुनि मलेसियाकी मारर्लियन लियानले बाजी मारिन्। उनले नेपालकी पार्वती गुरुङलाई पछि पारिन्। नेपालकी निर्मला विक र मकाउकी कावा माकले कांस्य पदक पक्का गरे।

च्याम्पियनसिपमा नेपालसहित १९ राष्ट्रका तीन सय ६२ खेलाडीले प्रतिस्पर्धा गर्दै छन्। च्याम्पियनसिपमा नेपालका एक सय ९० र हङकङ, मलेसिया, श्रीलंका, भारत, म्यानमार, मकाउ, सुरिनाम, थाइल्यान्ड मेक्सिको, अस्ट्रेलिया, जापान, नाइजेरिया, बंगलादेश, टिमोर, बेलायत दक्षिण कोरिया, फिलिपिन्स र कम्बोडियाका एक सय ७१ खेलाडीले सहभागिता जनाएका थिए्।

युनाइटेड तेक्वान्दो डोजाङ, सीतापाइला तेक्वान्दो डोजाङ, सगरमाथा न्यु बानेश्वर तेक्वान्दो डोजाङ र पिङ्ला तेक्वान्दो डोजाङको संयुक्त पहलमा च्याम्पियनसिप आयोजना भएको हो। च्याम्पियनसिपमा यु–१०, यु–१२, यु–१४, यु–१७, यु–२१, यु–२९, यु–४०, यु–५० र ५० वर्षभन्दा माथिका उमेरसमूहमा प्रतिस्पर्धा भएको थियो। महिला तथा पुरुषका लागि एउटै उमेरसमूह निर्धारण गरिएको थियो। हरेक उमेरसमूहका लागि पुम्सेका छुट्टाछुट्टै बिधा तोकिएको थियो। nagariknews.nagariknetworkबाट साभार


प्रकाशित मिति: सोमबार, कात्तिक २४, २०७७  १०:२२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP