शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • सुस्तामा पहिलो पटक बिजुलीको पहुँच
सुस्तामा पहिलो पटक बिजुलीको पहुँच
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, कात्तिक २४, २०७७

नवलपरासी । सुस्तामा पहिलो पटक विद्युत्को पहुँच पुगेको छ । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित नारायणी नदीपारि पर्ने विकट क्षेत्र बहुचर्चित नेपाली भूमि सुस्तामा सौर्य मिनीग्रिड प्लाण्ट निर्माण गरी बिजुलीको पहुँचमा पुर्‍याइएको हो । बिजुलीको पहुँच पुगेपछि स्थानीयवासीमा खुशीयाली छाएको छ ।

नारायणी नदीका कारण राष्ट्रिय प्रसारणलाइन लैजान असहज हुँदा वर्षौँदेखि सुस्तावासी अन्धकारमा बस्दै आएका थिए । टुकीको भरमा जीवन बिताउँदै आएका स्थानीयवासीको समस्यालाई मध्यनजर गर्दै सरकारले सौर्य प्लान्टमार्फत बिजुलीको व्यवस्था गरेको हो । ग्रिड निर्माण सम्पन्न भइसकेकाले अब घर घरमा बिजुली बाल्न मात्र बाँकी रहेको सुस्ता गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले राससलाई जानकारी दिए ।

बिजुली बाल्न अहिले घर घरमा तार जडान गरिएको छ । टपसन इनर्जी प्रालीले निर्माणको जिम्मा पाएको उक्त सौर्य ग्रिडको एकवर्ष अघि ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले शिलान्यास गरेका थिए । कूल रु चार करोड ८० लाख ९२ हजार २६८ मा निर्माण गरिएको ग्रिडमा ६० प्रतिशत अर्थात रु दुई करोड ८८ लाख ५५ हजार ३६१ वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको अनुदान छ भने तराई–मधेस समृद्धि कार्यक्रमको रु एक करोड ७५ लाख र सुस्ता गाउँपालिकाको रु १७ लाख ३६ हजार ९०७ लगानी रहेको छ ।

तिहारअघि नै सुस्तालाई झिलिमिली बनाउने गरी सौर्य ग्रिडको उद्घाटन गर्ने तयारी गरिएको गाउँपालिका अध्यक्ष पाण्डेले बताए । ‘दशैँ अघि नै उद्घाटन गर्ने तयारी थियो, तर वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण भएपछि प्रभावित हुन पुग्यो, अब लक्ष्मीपूजा अघि नै सुस्तामा झिलिमिली बत्ती बल्ने गरी उद्घाटन गर्छौँ’, उनले भने ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यहाँ निर्माण भएको सौर्य ग्रिडको विशेष चासो राखेकाले उनबाटै भर्चुअल माध्यमबाट उद्घाटन गर्ने तयारी गरिएको अध्यक्ष पाण्डेले बताए । सय किलोबाट क्षमताको सो आयोजनाबाट सुस्ताका २६६ घरधुरी लाभान्वित हुनेछन् । अब सुस्तावासीले सौर्य ऊर्जाको माध्यमबाट घर घरमा विद्युत् सेवा उपभोग गर्न पाउनुका साथै स–साना उद्योग पनि सञ्चालन गर्न सक्ने उल्लेख गर्दै गाउँपालिका अध्यक्ष पाण्डेले भने, ‘अब सुस्तावासीलाई धेरै सहज हुन्छ, अन्धकारमा बस्नुपर्ने अवस्थाको अन्त्य हुँदैछ ।’

बिजुलीको अभावमा सुस्तावासीले गर्मी मौसममा पङ्खा चलाउन, अध्यारोमा हिँडडुल गर्दा सर्पदंशको समस्या भोग्नुका साथै तरकारी तथा अन्नबालीमा सिँचाइ गर्नबाट पनि वञ्चित थिए । बिजुलीको अभावले स–साना उद्योग व्यवसाय सञ्चालन गरेर आम्दानी गर्न समेत नपाएको सौर्य मिनी ग्रिड निर्माण समितिका अध्यक्ष रवीन्द्र जयसवालले बताए ।

‘२१औँ शताब्दीमा पनि हामी टुकी बालेर बसेका थियौँ, अब बिजुली आएपछि हामी धेरै उत्साहित भएका छौँ, अब त हाम्रो जीवनशैली नै परिवर्तन हुन्छ’, उनले भने । घर घरमा बिजुली बत्ती बाल्न मात्र नभइ अब टेलिभिजन, फ्रिज, पङ्खालगायत विद्युतीय उपकरण प्रयोग गर्न, स–साना पानी तान्ने मोटर चलाउन र विद्युत्बाट सञ्चालन हुने साना खालका उद्योग स्थापना गर्न समेत सहज हुने उनको भनाइ छ ।

सौर्य ऊर्जाबाट उत्पादित बिजुलीले विद्युत् प्राधिकरणमार्फत वितरित बिजुलीले जत्तिकै काम गर्ने भएकाले कृषि सिंँचाइका लागि बोरिङ सञ्चालन गर्न पनि सजिलो हुने उनको भनाइ छ । पछिल्लो पटक सुस्तामा बिजुलीको विस्तारसँगै सुरक्षित आवास, सडक स्तरोन्नति, झोलुङ्गे पुल, खानेपानी, तटबन्धलगायतका पूर्वाधार निर्माण भइरहेका छन् । ‘विकासको दृष्टिकोणले अहिले सरकारले राम्रो गरेको छ, अब हामी स–साना घरेलु उद्योग सञ्चालन गरेर आयआर्जन गर्ने सोचमा छौँ’, जयसवालले भने ।

बिजुलीको पहुँचसँगै यहाँको कृषि उत्पादनमा पनि वृद्धि हुने अपेक्षा गरिएको छ । नारायणी नदीमा पुल नहुँदा डुङ्गामार्फत जोखिमपूर्ण यात्रा गर्न बाध्य सुस्तावासी वर्षातको समयमा आफ्नै भूमिमा आउजाउ गर्न पनि भारतीय भूमिबाट ओहोरदोहोर गर्नुपर्ने बाध्यता छ । हाल सुस्तामा आफ्नैै देशबाट जान मिल्नेगरी नारायणी नदीमा झोलुङ्गेपुल निर्माण भइरहेको छ ।

पुल निर्माण कार्य अबको डेढ वर्षभित्र सकिने र त्यसपछि सौर्य मिनीग्रिडबाट उत्पादन भएको विद्युत्लाई राष्ट्रिय प्रशारणलाइनमा जोडिने गाउँपालिका अध्यक्ष पाण्डेले बताए । अन्धकारबाटमुक्त भएसँगै अब सुस्तावासीलाई सहज आवातजावतका लागि पुल निर्माणलाई पनि तीव्रता दिइएको उनको भनाइ छ । विगतमा सरकारबाटै उपेच्छित भएको अनुभूति गर्दै आएका सुस्तावासीले पछिल्लो पटक सरकारले सुस्तामा आफ्नो उपस्थितिलाई बलियो बनाउँदै गएको महसुस गर्न थालेको बताइएको छ ।

सीमा विवादको विषयलाई पनि प्राथमिकताका साथ सरकारले टुङ्गो लगाईदिए भारतीय पक्षबाट समय समयमा हुनेगरेको अतिक्रमण र अनावश्यक दबाबबाट छुटकरा मिल्ने सुस्तावासीको भनाइ छ ।

सुस्ता बचाउ अभियानका प्रवक्तासमेत रहनुभएका जयसवालका अनुसार सुस्तामा तीन हजार १३३ जनाको बसोबास छ । सुस्तामा विसं २०२२ देखि बसोबास शुरु भएको थियो । सुगौली सन्धिअनुसार सुस्ताको कूल क्षेत्रफल ४० हजार ९८० हेक्टरमध्ये भारतले १४ हजार ५०० हेक्टर अतिक्रमण गरिसकेको छ । करिब १९ हजार ४८० हेक्टर जमीन विवादित छ भने बाँकी रहेको सात हजार हेक्टर मात्र अहिले सुस्ताबासीले भोगचलन गर्दै आएका छन् । रासस


प्रकाशित मिति: सोमबार, कात्तिक २४, २०७७  १४:३५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP