शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • पोल पुर्‍याएको चार वर्षपछि बल्यो बिजुली
पोल पुर्‍याएको चार वर्षपछि बल्यो बिजुली
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, मंसिर १०, २०७७

डडेल्धुरा । अमरगढी–३ चिरकिट्टे गाउँमा पोल पुर्‍याएको चार वर्षपछि बिजुली बलेको छ । अमरगढी नगरपालिकाको पहल र नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र डडेल्धुराको सहयोगमा गाउँमा बिजुली बलेको हो ।

गाउँमा दिनभरि खेतबारीमा चहलपहल भए पनि सूर्यास्तसँगै सुनसान बन्ने यहाँका बस्ती बिजुली बलेसँगै झिलिमिली बनेका छन् । साँझ पर्नासाथ वरपरका गाउँ झिलिमिली भए पनि यहाँका स्थानीय सौर्य, टुकी र ‘झरो’ (सल्लाको दाउरा) बालेर रात बिताउन बाध्य थिए । गाउँमा बिजुली बलेपछि अन्य गाउँबस्तीजस्तै यहाँका गाउँ पनि झिलिमिली भएका छन् ।

गाउँमा विद्युत् पुगेसँगै विद्यालय पढ्ने बालबालिकालाई रातिमा किताब पढ्न सहज हुने स्थानीय खगेश्वरी पनेरुले बताइन् । “सौर्य उर्जाबाट पढ्थे, कहिले त घाम नलागेर पढ्न नपाउने समस्या हुन्थ्यो । ‘झरो’ बालेर पढ्दा समयसमयमा नबल्दा समस्या हुन्थ्यो”, उनले भनिन्, “बिजुली पुगेपछि अब समस्या टर्यो, बल्ल स्थानीय सरकारको अनुभूति भयो ।”

गाउँमा बिजुली बाल्न धेरै सङ्घर्ष गरेको अमरगढी–३ सतकाटाका भीमबहादुर पाण्डेयले बताए । बिजुली बाल्नकै लागि आफूहरूले जिल्ला सदरमुकामबाट चार वर्ष पहिले विद्युत्‌को पोल बोकेर गाउँमा पुर्‍याएको पाण्डेको भनाइ छ । ठेकेदार र विद्युत् कार्यालयको लापर्बाही तथा स्थानीयले चासो नदिँदा बिजुली नपुगेको भए पनि अहिले स्थानीयको चासो र विद्युत् कार्यालयको अग्रसरतामा बिजुली पुर्‍याउन सफल भएको अमरगढी–३ का वडाध्यक्ष गोविन्द बोहराले बताए ।नागरिक खबरबाट साभार


प्रकाशित मिति: बुधबार, मंसिर १०, २०७७  १५:२३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP