शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • विश्व नेत्रहीन क्रिकेट काउन्सिलको कोषाध्यक्षमा घिमिरे निर्वाचित
विश्व नेत्रहीन क्रिकेट काउन्सिलको कोषाध्यक्षमा घिमिरे निर्वाचित
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, मंसिर १५, २०७७
ghimire

काठमाडौँ । नेत्रहीन क्रिकेट संघ नेपाल (क्याब) का अध्यक्ष पवन घिमिरे विश्व नेत्रहीन क्रिकेट काउन्सिल (डब्लुबिसिसी)को कोषाध्यक्षमा निर्वाचित भएका छन्। भर्चुअलमार्फत शनिबार राति भएको विश्व नेत्रहीन क्रिकेट काउन्सिलको २२औं वार्षिक साधारणसभा तथा निर्वाचनले घिमिरेलाई कोषाध्यक्ष पदमा निर्वाचित गराएको हो। उक्त पदमा घिमिरेले आफ्ना प्रतिद्वन्द्वी दक्षिण अफ्रिकाका मनी मोतीलाललाई ६–३ मतले पराजित गरेका थिए।

भारत, पाकिस्तान, बंगलादेश, इङ्ल्यान्ड र वेस्ट इन्डिजले नेपालको पक्षमा मत दिएका थिए। अस्ट्रेलिया र न्युजिल्यान्डले भने दक्षिण अफ्रिकाका मनीलाई मत दिएको नेत्रहीन क्रिकेट संघ नेपालले जनाएको छ। यसअघि सन् २०१८ मा नेपालमै सम्पन्न निर्वाचनमा पनि घिमिरे डब्लुबिसिसीको कोषाध्यक्ष निर्वाचित भएका थिए।

त्यस्तै पाकिस्तानका सइद सुल्तान साह विश्व नेत्रहीन क्रिकेट काउन्सिलको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्। उनी तेस्रो पटक यो पदमा निर्वाचित भएका हुन्। साह यसअघि सन् २०१२–१४ र २०१४–०१६ को दुई कार्यकालमा अध्यक्ष थिए।

उनको नेतृत्वको कमिटीले दुई वर्षसम्म काम गर्नेछ। वेस्ट इन्डिजका भवानीप्रसाद पहिलो उपाध्यक्षमा र भारतका रजनीश हेनेरी दोस्रो उपाध्यक्षमा निर्वाचित भएका छन्। साधारणसभाले अस्ट्रेलियाका रेयमन मोक्सलेलाई महासचिवमा चयन गरेको छ। नवनिर्वाचित कमिटीको पहिलो बैठकले भारतमा सन् २०२२ को सुरुआतमै तेस्रो ट्वान्टी–२० विश्वकप आयोजना गर्ने निर्णय गरेको छ।

साथै उक्त बैठकले सन् २०२१ को अन्त्यमा नेपाल, पाकिस्तान र भारतबीच महिलाको त्रिदेशीय क्रिकेट शृंखलाको समेत आयोजना गर्ने निर्णय गरेको छ। यद्यपि, त्रिदेशीय शृंखलाको स्थान भने तय भएसकेको छैन। विश्व नेत्रहीन क्रिकेटको प्रशासकीय निकाय विश्व नेत्रहीन क्रिकेट काउन्सिल(डब्लुबिसिसी)मा नेपालसहित कुल १० पूर्ण सदस्य राष्ट्र रहेको छ। nagariknews.nagariknetwork बाट साभार


प्रकाशित मिति: सोमबार, मंसिर १५, २०७७  १०:०९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP