शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • म्याग्दीमा प्रचण्ड –माधव पक्षको विरोध प्रदर्शन ,‘ओली समुहमा लाग्नेहरु पत्तासाफ हुन्छन् ’ (फोटो /भिडिओ सहित)
म्याग्दीमा प्रचण्ड –माधव पक्षको विरोध प्रदर्शन ,‘ओली समुहमा लाग्नेहरु पत्तासाफ हुन्छन् ’ (फोटो /भिडिओ सहित)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, पुस १४, २०७७
DSC_0307

म्याग्दी । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनकोे विरुद्धमा (प्रचण्ड–माधव )समुहको नेकपाले विरोध प्रदर्शन गरेको छ । ओलीको असंवैधानिक कदमका विरोधमा बजारमा नारा लगाउँदै मंगलबार बेनीमा बजार परिक्रममा गरि बृहत ¥यालीलाई सहिद स्मृतिचोकमा विरोध सभा गरिएको छ । सभालाई सम्बोधन गर्दै म्याग्दीका नेताहरुले ओलीको कदम असंवैधानिक र लोकतन्त्र विपरित रहेको बताए ।

https://fb.watch/2H6zKoqdt8/

उनिहरुले ओलीको गलत कदमको पक्षमा उभिनेहरु म्याग्दीमा पराजित हुने उद्घोष गरे । ओलीको कदम गलत भएकाले म्याग्दीमा आफुहरुको पक्षमा जनताको साथ रहेको समेत दावी गरे । गलत कदमको विरुद्धमा लाग्न समेत कार्यकर्ताहरलाई आग्रह गरेको छ ।

????????????????????????????????????

सभालाई सम्बोधन गर्दै नेकपाका केन्द्रिय सदस्य एवम गण्डकी प्रदेश सभा सदस्य आशा कोइरालाले प्रधानमन्त्री ओलीको सर्वसत्ताबाद चरित्रका कारण संसदमाथि हमला भएको बताउनुभयो । उहाँले जनताले नेकपाको एकतालाई अनुमोदन गरेपनि ओलीले आफ्नो स्वार्थपूर्तिका लागि कम्युनिष्ट एकतालाई भत्काउने र जनताको भावनामाथि खेलबाड गर्ने काम गरेको आरोप लगाउनुभयो ।

????????????????????????????????????

सभालाई सम्बोधन गर्दै नेकपा म्याग्दीका अध्यक्ष गोविन्द पौडेलले जनयुद्ध, जनआन्दोलन, विभिन्न आन्दोलनको जगमा निर्माण भएको संविधानलाई नै चुनौति दिएर हुँदै नभएको अधिकारलाई टेकेर संसद विघटन गर्ने कार्यले संविधानमाथि नै धावा बोलेको बताउनुभयो । उहाँले पार्टीमा छलफल नगर्ने, स्वच्छाचारी ढंगले सरकार चलाउने र संसद नै विघटन गर्ने कार्यहरुले ओलीको असली चरित्र उजागर भएको बताउँदै नेकपाको बहुमत केन्द्रिय सदस्यहरु मुलपार्टीमै रहेकाले यहि समुहले निर्वाचन आयोगबाट आधिकारिकता प्राप्त गर्ने बताउनुभयो ।

????????????????????????????????????

सभामा नेकपाका गण्डकी प्रदेश कमिटी सदस्य एवम् युवासंघका पूर्व राष्ट्रिय उपाध्यक्ष हिरा केसीले असंवैधानिक तवरले संसद विघटन गर्ने कदम सच्याउन प्रधानमन्त्री र राष्ट्रपति तयार नभए सकिन तयार हुन चेतावनी दिनुभएको थियो । कार्यक्रममा पार्टीका गण्डकी प्रदेश कमिटीका सदस्य एवम प्रदेश सभा सदस्य विनोद केसीले जनताका आबश्यकताहरुलाई पुरागर्नतर्फ भन्दा आफ्ना स्वार्थपुर्ति गर्ने र मुलुकलाई अस्थिरतातर्फ धकेल्ने कार्यमा ओली सरकार लागीपरेकाले यस्ता कार्यहरुको जनस्तरबाट विरोध हुनुपर्नेमा जोड दिनुभयो ।

????????????????????????????????????

सभालाई सम्बोधन गर्दै नेकपा म्याग्दीका कार्यालय सदस्य बालकृष्ण सुवेदीले सत्ताको भन्दा सत्यको पक्षमा उभिनुपर्ने बताउँदै देश र जनतालाई धोका दिएर संसद विघटन गराईएकाले यस्तो कार्यको विरोध गर्नुपर्ने बताउनुभयो । उहाँले विवेकलाई बन्धक राखेर गलत कार्यहरुलाई पनि प्रसय दिने प्रवृत्तिको कारण राजनीतिमा धुमिलपन आउन थालेको बताउँदै सत्ताको भन्दा सत्यको पक्षमा उभिनुपर्ने बिचार व्यक्त गर्नुभयो । साथै म्याग्दीबाट निर्वाचित नेकपाका सांसदहरुलाई कित्ता किलिएर पार्न समेत आग्रह गर्नुभयो । ओलीको कदम गलत भएकाले म्याग्दीमा ओली पछि लाग्नेहरु पराजित हुने बताउनुभयो ।

????????????????????????????????????
????????????????????????????????????

सभामा नेकपा म्याग्दीका युवा नेता रेशम जुग्जाली(सुविन(ले तत्कालिन राजाहरुले प्रजातन्त्रमाथि गरेको हमला जसरी प्रधानमन्त्री ओलीले गणतन्त्रमाथि हमला गरेको बताउनुभयो । संसदलाई असंवैधानिक तवरले विघटन गर्ने ओलीको कदमले संघिय गणतन्त्र र संविधानमाथि नै हमला गरेको बताउनुभयो । नेकपा म्याग्दीका अध्यक्ष पौडेलको अध्यक्षतामा भएको विरोध सभाको राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य कृष्णकुमार विश्वकर्माले सञ्चालन गर्नुभएको थियो ।

????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????


प्रकाशित मिति: मंगलबार, पुस १४, २०७७  २२:३९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP