शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीलाई अवार्ड जिताउन ‘भोट गर्न अपिल’
राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीलाई अवार्ड जिताउन ‘भोट गर्न अपिल’
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, पुस २०, २०७७
136055826_756351398559365_7644500907094876984_n-1024x473

म्याग्दी । नेपाल खेलकुद पत्रकार मञ्चको पिपुल्स च्वाइस अवार्डको मनोनयनमा पर्नुभएकी राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीलाई बिजयी गराउन गृहजिल्ला म्याग्दीमा ‘भोट अपिल’ अभियान सुरु भएको छ । जिल्ला भलिबल संघ म्याग्दीको अगुवाईमा भोट अपिल अभियान सञ्चालन गरिएको छ । जिल्लाको रघुगंगा गाउँपालिका–३ पिप्लेमा जन्मिएर राष्ट्रिय महिला भलिबल टिमको अगुवाई गर्नुभएकी शाहीलाई अवार्ड बिजेता बनाउनका लागि भोट संकलन र अभियानलाई प्रचार प्रसारमा जुटेको संघले जनाएको छ ।

आइतवार बेनीमा पत्रकार सम्मेलन गरि संघले फेसबुक र ईसेवाबाट भोट गरि शाहिलाई बिजेता गराउनका लागि सक्रिय सहयोग गर्न अपिल गरेको छ । पत्रकार सम्मेलनमा कप्तान शाहीले आफ्नो खेल संघर्षमा जिल्ला र देशबासीबाट पाएको साथ, सहयोग र समर्थनले उत्साहित बनाएको बताउँदै यस पटकको अवार्डमा समेत मोवाईल एप ईसेवा र फेसबुकबाट भोट गरि बिजयी गराउने अपेक्षा व्यक्त गर्नुभयो । ‘‘ मेरो खेल क्षेत्रको सुरुवातीदेखि नै हाम जिल्लाबासीको मप्रतिको मायाँ र साथ नै मेरो यात्राको सबैभन्दा ठुलो शक्तिको रुपमा पाएकी छु , मलाई भरोसा छ, यस पटकको अवार्ड बिजेता गराउन पनि सबै क्षेत्रबाट उत्तिकै साथ र सहयोग पाउनेछु, यो ठाउँ र देशको शिर उचो राख्ने नै मेरो प्रतिज्ञा रहिरहनेछ’’– शाहीले भन्नुभयो ।

जिल्लामा जन्मिएर राष्ट्रिय रुपमा नै भलिबलमा पहिचान बनाउन सफल शाहीलाई अत्यधिक भोटबाट विजयी गराउन संघले भोट अपिल सञ्चालन गरेको जिल्ला भलिबल संघका अध्यक्ष रमेशकुमार श्रेष्ठले बताउनुभयो । संघले गत पुस १६ गतेदेखि नै बेनीमा शाहीलाई अवार्ड बिजेता गराउन भोट संकलन अभियान सञ्चालन गरिसकेको छ । अभियान अन्र्तगत जिल्लाका विभिन्न संघ संस्था, विद्यालय र स्थानीय तहहरुसंग समेत भोटिङ अभियानमा साथ, सहयोग र सहकार्यको लागि पुग्नेक्रम जारी रहेको संघका उपाध्यक्ष एवम् भेलिबल प्रशिक्षक तेजेन्द्र बानियाँले जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ र प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले शाही जिल्लाकै गौरब र गहना भएकाले उहाँलाई सक्दो भोट गरि बिजयी गराउन सबै क्षेत्रबाट रचनात्मक साथ र सहयोग गर्न आह्वान गर्नुभएको थियो । राष्ट्रिय टोलीबाट माल्दिभ्ससँगको मैत्रीपुर्ण, भारतसँगको मैत्रीपुर्ण, साउथ एसियन आमन्त्रण भलिबल च्याम्पियनसिप, एभीसी सेन्ट्रल जोन र १२औं दक्षिण एसियाली खेलकुद ९साग० खेल्नुभएकी शाहीको कप्तानीमा नेपालले २० बर्षपछि अन्तराष्ट्रियस्तरको भलिबल प्रतियोगिताको उपाधी हात पार्न सफल भएको थियो । शाहीले सन् २०१४ मा नेपालमा आयोजना भएको माल्दिभ्ससँगको मैत्रीपुर्ण खेलबाट राष्ट्रिय टोलीमा ‘डेब्यु’ गर्नुभएको थियो ।

मनोनयनमा परेका खेलाडीलाई ई–सेवामार्फत एसएमएम भोटिङ, फेसबुक लाइक, खेलकुद मञ्चका सदस्यको भोट र राष्ट्रिय संघका मुख्य प्रशिक्षकको भोटको आधारमा विजेता छनोट गरिनेछ। भोटिङका लागि ई–सेवाको एप डाउनलोड गरी खेलाडीको प्रोफाइलमा गएर भोट गर्न सकिने मञ्चले जनाएको छ । भोटिङलाइन पुस २७ गते राति १२ः०० बजेसम्म खुला रहने छ।


प्रकाशित मिति: सोमबार, पुस २०, २०७७  १४:१७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP