शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • अन्नपुर्ण गाउँपालिकामा अस्थायी कोरोना अस्पताल,अध्यक्ष क्याप्टेन गर्बुजा पुनद्धारा उद्घाटन (तस्बिर सहित )
अन्नपुर्ण गाउँपालिकामा अस्थायी कोरोना अस्पताल,अध्यक्ष क्याप्टेन गर्बुजा पुनद्धारा उद्घाटन (तस्बिर सहित )
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, पुस २३, २०७७
136706009_2621961978094561_3419929461672496567_n

सुरेन गुरुङ
पोखरेबगर । म्याग्दीको अन्नपुर्ण गाउँपालिकाले विश्वव्यापी रुपमा फैलिएको (कोभिड–१९) कोरोना संक्रमितको उपचारका लागि अस्थायी कोरोना अस्पताल बनाएको छ । गाउँपालिकाले वडा नं ४ स्थित नारच्याङमा सो अस्पताल बनाएको होे ।सो अस्पतालको गाउँपालिकाका अध्यक्ष क्याप्टेन डम बहादुर गर्बुजा पुनले बुधबार एक कार्याक्रमका विच उद्घाटन गर्नुभएको छ ।

‘विश्वब्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस रोकथाम , नियन्त्रण तथा व्यवस्थापन र कोरोना संक्रमितको उपचारका लागि नारच्याङमा अस्थायी कोरोना अस्पताल बनाएका छौ ,’– अध्यक्ष क्याप्टेन गर्बुजाले भन्नुभयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्थायी अस्पताल बनाउन गर्न १० लाख रुपैंया निकासा गरेको थियो । अस्पताल संचालनका लागि मेडिकल अफिसरसहित २ स्टाफ नर्स , कार्यालय सहयोगी सहित ५ जना जनशक्ती परिचालन हुनेछन् । कार्यक्रममा उपाध्यक्ष केशमाया मगरले कोभिड अस्पताल संचालनका लागि सबैको साथ र सहयोगको आवश्यक रहने बताउनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन सुवेदीले गएको असोज महिनामै डाक्टरसहित दक्ष जनशक्तिको व्यवस्थापन गरी कोभिड अस्पताल स्थापना र सञ्चालन गर्ने तयारी गरिएको भए पनि जनशक्तिको अभावमा समयमै अस्पताल सञ्चालन गर्न नसकिएको बताउनुभयो । कार्यक्रममा कोरोना मुक्त भएका ४ जना मध्य २ जनालाई सम्मान गरिएको थियो । गाउँपालिकाका अध्यक्ष क्याप्टेन गर्बुजा पुनको अध्यक्षता ,प्रमुख प्रशासकीय अधिकृत सुवेदीको स्वागत तथा गाउँपालिकाका स्वास्थ्य संयोजक समुन्द्र बरुवाले कार्यक्रम संचालन गर्नुभएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेस अन्नपुर्ण गाउँपालिकाका सभापति ले.बेलबहादुर पुर्जा ,वडा अध्यक्ष चन्द्रप्रसाद फगामी र कार्यपालिका सदस्य आत्म तुलाचन,डा.लक्ष्मी पन्थी लगायतले बोल्नुभएको थियो ।कार्यक्रममा पबित्रा खड्का ,सुकमाया बिक, शिर्जनशिल आमा समूह नारच्याङ, अन्नपूर्ण युथ कलब नारच्याङका प्रतिनिधि ,स्वयंसेवकहरु, आठ वटै वडाका जनप्रतिनिधि र स्वास्थ संयोजकहरुको उपस्थिति थियो ।


प्रकाशित मिति: बिहीबार, पुस २३, २०७७  ११:४७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP