शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • गण्डकी प्रदेश सरकारद्धारा शाहीलाई एक लाख सहित सम्मान
गण्डकी प्रदेश सरकारद्धारा शाहीलाई एक लाख सहित सम्मान
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, माघ ३, २०७७
samman -aruna

पोखरा । ‘टिम अफ दि इएर’ नेपाल भलिवल टिमकी कप्तान अरुणा शाहीलाई पोखरामा एक कार्यक्रमका विच भव्य सम्मान गरिएको छ ।नेपाल खेलकुद पत्रकार मञ्चद्वारा गत पौष २८ गते सम्पन्न एनएसजेएफ पल्सर स्पोर्टस अवार्डमा अरुणाले पिपल्स च्वाइस विद्यामा जित हासिल गरेकी हुन । सोही कार्यक्रममा गण्डकी प्रदेश सरकारले अरुणालाई खेलाडी प्रोत्सहान स्वरुप नगद १ लाख प्रदान गरेको छ । गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनले नगद १ लाखको चेक अरुणालाई प्रदान गरेकी छन ।

सो अवसरमा वोल्दै सामाजिक विकास मन्त्री पुनले अरुणालाई वधाई दिंदै मन्त्रालय प्रदेश खेलकुदको विकासका लागि प्रतिवद्ध भएको बताइन । उनले भनिन–“कोभिडका कारण मन्त्रालयको ध्यान नागरिककको स्वास्थ्य प्रती केन्द्रित गर्नु परेकोले अन्य काममा त्यती ध्यान पुग्न सकेको छैन तर आर्थिक क्षमताले भ्याए सम्म विकासको कार्यलाई अघि वढाएको छ ।”

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि पोखरा रंगशालाको संरक्षण गर्न मन्त्रालयले सक्दो सहयोग गर्ने बताउँदै मन्त्री पुनले प्रदेश खेलकुद समितीको गठन पछि त्यसलाई अझै तिव्रता दिने बताईन ।

सोही कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य राजेश कुमार गुरुङले व्यक्तिगत रुपमा अरुणालाई नगद ११ हजार सहयोग गर्दै खेलाडीको हितका लागि अगाडी वढ्नुपर्ने बताए । उनले पोखरामा हुने नवौं खेलकुदको तयारीका लागि जुट्न आग्रह गर्दै पोखरामा अरुणा जस्ता खेलाडी उत्पादन गर्ने विद्यालयको योगदानलाई विर्सन नहुने बताए ।

यसै गरि अरुणा शाही जिताउ अभियान अन्तर्गत वचत रकम समेत अरुणालाई हस्तान्तरण गरिएको छ । अभियान अन्तर्गत वचत रकम ३ लाख ७३ हजार ७ सय ५ रुपैयाँ र प्रदेश सरकारको प्रोत्सहान वापत प्राप्त नगद १ लाख सहित ४ लाख ७३ हजार ७ सय ५ रुपैयाँ अरुणालाई हस्तान्तरण गरिएको हो । अभियान अन्तर्गत संकलित रकमको आय–व्यय प्रस्तुत गर्दै नेपाल भलिवल संघका सल्लाहकार एवम पोखरा महानगर पालिकाका वरिष्ठ कानुनी अधिकृत नारायण प्रसाद शर्माले अभियान अन्तर्गत भएको भलिवल प्रतियोगितामा टिकट विक्रिबाट २ लाख ५३ हजार गरि कुल १६ लाख ७३ हजार सात सय पाँच रुपैयाँ संकलन भएको जानकारी दिए ।

अभियान अन्तर्गत ई–सेवा भोटिङका लागि १० लाख, भलिवल खेल व्यवस्थापनका लागि २ लाख ७० हजार र अन्य खर्च गरि कूल १३ लाख खर्च गरिएको जानकारी दिंदै सल्लाहकार शर्माले अरुणालाई जिताउन प्रतिवद्धता भएको रकम ८१ हजार ७ सय ५ रुपैयाँ संकलन हुन वाँकी रहेको बताए । सल्लाहकार शर्माले अरुणालाई जिताउन देश विदेशबाट सहयोग गर्ने सबैमा आभार समेत व्यक्त गरेका छन ।

कार्यक्रममा अरुणाले पल्सर स्पोर्टस अवार्ड जस्तो गरिमा बोकेको अवार्ड जिताउन सबैले खेलेको भूमिका र सद्भावका लागि आभार व्यक्त गर्दै यो जितले आफूलाई अझै जिम्मेवारी वोध गरेको बताइन । उनले यो जित आफ्नो मात्रै नभई सवै भलिवल खेलप्रेमीहरुको भएको बताउँदै पोखरेलीहरुको मायाँ र प्रेरणाका कारण आफू विभागिय टिममा पटक–पटक बोलाउँदा समेत नगएको बताइन ।


प्रकाशित मिति: शनिबार, माघ ३, २०७७  १८:००
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP