शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • २२० केभी क्षमताको दाना–कुस्मा डबल सर्किटको लाइनको परीक्षण सफल
२२० केभी क्षमताको दाना–कुस्मा डबल सर्किटको लाइनको परीक्षण सफल
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, माघ १०, २०७७
141299245_261925355357751_8103679959225039660_n

बेनी । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानास्थित २२० केभी क्षमताको सबस्टेशनको दाना– कुस्माको लाइन शुक्रबारदेखि चार्ज सुरु भएको छ । ३९.८ किलोमिटर लामो २२० केभी क्षमता डबल सर्किटको लाइनको परीक्षण प्रशारण सफल भएको छ । सवस्टेशनको चार्ज अगाडी दाना देखि कुस्मासम्मको डबल सर्किट लाइनको परीक्षण सफल भएपछि एकदुई दिनभित्र दाना सवस्टेशनको समेत चार्ज गरिने आयोजनाका सहायक प्रबन्धक लक्ष्मण फुँयालले बताए ।

‘निकै ठूलो उपलब्धी नजिक आइपुगेका छौ,‘दाना सबस्टेशनको परीक्षण सफल भएपछि उद्घाटन कार्यक्रम समेत हुन्छ’ उनले भने । बिहिबार पर्वतको मोदी–चुवा हुदै खुर्कोटसम्म ल्याइएको १३२ केभी बिद्युत ल्याएर सबस्टेशनको टान्सफर्मर चार्ज सफल भएको थियो । खुर्कोटको सबस्टेशन चार्जको परिक्षण अबधि २४ घण्टामा कुनै पनि प्राविधिक समस्या नदेखिएपछि लाइनको परीक्षण गरिएको थियो । सवस्टेशनको उद्घाटन समेत भब्य गर्ने तयारी भइरहेको छ ।

डबल सर्किटको लाइनको प्रशारण सफल भएपछि आयोजनाको टोली दाना सबस्टेशनको चार्च सहितको प्रक्रियामा खटिएको सहायक प्रबन्धक फुँयालको भनाई छ । लामो समयसम्म आयोजना प्रमुख चन्दनकुमार घोष स्थलगत रुपमै खटिएर आयोजनाको कामलाई तिब्रता दिएका थिए । सबस्टेशनका ट्रान्सफर्मर चार्ज र परिक्षण सफल भएपछि उत्तरी म्याग्दी र मुस्ताङमा तयारी अवस्थामा रहेका विद्युत केन्द्रीय ग्रिडमा जोडिने छ । सवस्टेशनले म्याग्दीको जलविद्युतमा ठूलो फड्को मार्ने अपेक्षा गरिएको छ।

सबस्टेशनका ११० टावर बनाएर ३९.६ किलोमिटर तार तानिएको छ । सबस्टेशन परीक्षण अगाडी विदेशी इन्जिनियरहरूको टोलीले समेत आन्तरिक परीक्षण गरेको थियो । एशियाली विकास बैंकको सहयोगमा नेपाल विद्युत् प्राधिकरणले सन् २०१६ देखि शुरु गरेको आयोजना सन् २०१८ मा सम्पन्न गर्ने लक्ष्य सहित सन् २०१६ मा रु दुई अर्ब ९० करोडमा टाटा प्रोजेक्ट्स र चिन्ट इलेक्ट्रिक जेभीसँग ठेक्का सम्झौता भएको थियो ।यो प्रसारण लाइनअन्तर्गत मुस्ताङको १३ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजनाले उत्पादन शुरु गरिसकेको छ भने म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा ५ मेगावाटको घलेम्दीखोला तयारी अवस्थामै छ भने ४२ मेगावाटको मिस्त्री खोलाले केही महिनाभित्रै ब्यवसायीक उत्पादन गर्ने तयारीमा छ ।


तत्काल थापाखोला र घलेम्दीको उत्पादन केन्द्रीय ग्रिडमा जोडिने छ । आयोजना सम्पन्न नहुदाँ घलेम्दीको विद्युत खेर गइरहेको थियो भने थापाखोलाले समेत क्षमता अनुसारको उत्पादन गर्न सकेको थिएन् । म्याग्दीका जलविद्युत लगानीकर्ताले समेत सबस्टेशन म्याग्दीको विद्युत् क्षेत्रका लागि एउटा महत्वपूर्ण कोशेढुङ्गाका रुपमा रहेको बताएका छन् । सवस्टेशनमार्फत उत्तरी क्षेत्रमा १४ मेगावाटको घारखोला, ६२ मेगावाटको निलगिरि, ३८ मेगावाटको निलगिरि क्यास्केट निर्माणाधीन अवस्थामा छन् । त्यस्तै, रघुगंगा गाउँपालिकामा ४० मेगावाटको राहुघाटले समेत निर्माण कार्यले तिब्रता पाएको छ । अन्नपूर्ण गाउँपालिकामै १६४ मेगावाटको कालीगण्डकी गर्ज लगायतका आयोजनाहरु समेत छन् । कालीगण्डकी र यहाँका सहायक खोलानालाबाट विद्युत् उत्पादनको अनुमति लिएर बसेकाहरु प्रसारण लाइन सम्पन्न हुन थालेपछि पूर्वाधार निर्माणमा जुट्न थालेका छन् ।


प्रकाशित मिति: शनिबार, माघ १०, २०७७  ०८:५९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP