बेनी ।म्याग्दीको रघुगंगा गाउँपालिका–७, चिमखोलामा जन्मिएर देश तथा विदेशमा रहेकाहरुको फेसवुक समूह ‘चिमखोले फेसबुक समूह’ले आधारभुत तहका बालबालिकाहरुलाई सहभागी गराएर १० औँ आधारभुत (१–५) तहको हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । अमर मावि चिमखोलाको आयोजना र चिमखोले फेसवुक समूहको सहयोगमा आयोजित प्रतियोगितामा विभिन्न ९ विद्यालयले सहभागिता जनाएका थिए ।
[caption id="attachment_21179" align="alignnone" width="300"]

????????????????????????????????????[/caption]
प्रतियोगितामा अमर मावि चिमखोला प्रथम, जनसुन्दर आधारभुत विद्यालय पात्लेखर्क द्धितिय, जनता मावि दग्नाम तृतिय र जनसेवा आधारभुत विद्यालय मंगले सान्त्वना हुन सफल भएका थिए । प्रतियोगितामा प्रथमलाई नगद रु ५ हजार सहित शिल्ड र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको थियो । त्यसैगरि द्धितिय, तृतिय , सान्त्वना र सहभागी विद्यालयलाई क्रमशः नगद रु ३ हजार, २ हजार, १ हजार र स्टेशनरीको साथमा प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको थियो । कार्यक्रममा चिमखोले फेसवुक समूहका अध्यक्ष गणेश पुन, वडा अध्यक्ष देउप्रसाद पुन , समूहका कार्यकारी प्रमुख विरन पुन, लगायतले विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्नुभएको थियो ।
[caption id="attachment_21180" align="alignnone" width="300"]

????????????????????????????????????[/caption]
कार्यक्रममा बोल्दै वडा अध्यक्ष पुनले सामाजिक सञ्जाल फेसबुकका माध्ययमबाट छरिएर रहेका चिमखोलाबासी गोलबद्ध बनेर विद्यार्थीहरुको अन्तरनिहित क्षमताको प्रस्फुटन गर्ने कार्यक्रमलाई १० औँ बर्षसम्म निरन्तरता दिन सफल भएकोमा समूहलाई धन्यबाद ज्ञापन गर्नुभएको थियो । समूहले यस प्रतियोगितालाई निरन्तरता दिन कोषको समेत स्थापना गरेको थियो । १० औँ बर्षसम्म बालबालिकाहरुको शिक्षासंग सम्बन्धित रहेर कार्यक्रम आयोजना गर्दै आएको यस समूहले आगामी दिनमा स्वास्थ्य लगायतका क्षेत्रलाई समेत समावेश गरि थप रचनात्मक कार्यहरु गर्ने योजना बनाएका अध्यक्ष गणेश पुनले जानकारी दिनुभयो ।
समूहका महासचिब क प्रसाद थापाको स्वागतमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष हिस्टोरी पाईजा र महासचिब थापाले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने सहयोगदाताहरुलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा तृत्य समेत प्रस्तुत गरिएको थियो ।