शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • अन्न्पुर्णको शिखमा एकिकृत घुम्ती सेवा शिविर सुरु
अन्न्पुर्णको शिखमा एकिकृत घुम्ती सेवा शिविर सुरु
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, फागुन २३, २०७५
IMG_8873

शिख, बिहिबार फागुन २३ गते ।
दुर्गम बस्तीका नागरिकलाई घरदैलोमा सरकारी सेवा पु¥याउन म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा बिहिबारदेखि एकिकृत घुम्ती शिविर सञ्चालन गरिएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीले अन्नपूर्ण गाउँपालिका संगको समन्वयमा सञ्चालन गरेको शिविरमा सदरमुकाम बेनी र गाउँपालिकाको केन्द्र पोखरेबगरबाट प्रवाह हुने सरकारी सेवा तथा सुविधाहरु उपलब्ध गराईएको छ ।

शिविरमा सेवा लिन अन्नपूर्ण –५ शिख र वडा नम्बर ६ घार, खिवाङ लगायतका ठाउँका स्थानीयबासीको भिड लागेको छ । शिविरमा प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी, जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी, अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष क्याप्टेन डम बहादुर गर्वुजा पुनले संयुक्त रुपमा ६१ बर्षिय ज्येष्ठ नागरिक सुकमायाँ तिलिजा पुनलाई नागरिकताको प्रमाणपत्र वितरण गरि शिविरको औपचारिक उद्घाटन गर्नुभएको थियो ।

त्यस्तै सो अवसरमा गाउँपालिका अध्यक्ष पुन मार्फत पदम बहादुर तिलिजा पुनलाई ज्येष्ठ नागरिक परिचयपत्र र भुमिकादेवी पुनलाई अपांगता परिचय पत्र वितरण गर्नुभएको थियो । शिविरमा नागरिकता वितरणसंगै गाउँपालिकाले अपाङ्गता र जेष्ठ नागरिक परिचयपत्र वितरण तथा व्यवसाय दर्ताको सेवा समेत उपलब्ध गराईएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सन्तोष पौडेलले जानकारी दिनुभयो ।

शिविरमा बेनी अस्पताल र गाउँपालिकाको स्वास्थ्य शाखाको संयोजनमा स्वास्थ्य शिविर, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मार्फत आयुर्वेद स्वास्थ्य सेवा, कृषि ज्ञान केन्द्र मार्फत विउबिजन वितरण तथा परामर्श, भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र मार्फत पशुस्वास्थ्य तथा बाँझोपन निवारण सम्बन्धी परामर्श तथा औषधी वितरण लगायतका सेवा प्रवाह गरिएको छ । त्यसैगरि जिल्ला निर्वाचन कार्यालयले तस्बिर सहितको मतदाता नामावली संकलन सेवा प्रवाह गरेको छ ।

शिविरको उद्घाटन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख केसीले जनतालाई घरदैलोमा सेवा उपलब्ध गराउन एकिकृत घुम्ती शिविर प्रभाबकारी भएको बताउनुभयो । उहाँले संघियता कार्यान्वयले सरकारी सेवा सुविधालाई गाउँघरमा पु¥याउन सहयोग पुगेको बताउँदै अझैपनि सदरमुकामबाट मात्रै सेवा प्रवाह हुने कार्यालयहरुको सेवा गाउँमै पु¥याउने उदेश्यले सञ्चालित शिविर सर्वसाधारणको लागि लाभदायी बन्ने बताउनुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले सरकारी सेवा जनताको घरदैलोमा पु¥याउने सरकारको योजनालाई प्रभाबकारी बनाउन जिल्लामा रहेका स्थानीय तहसंग समन्वय गरि एकिकृत घुम्ती शिविर सञ्चालन गरिएको बताउनुभयो । दुग्रम र ग्रामीण भेगका जनतालाई सबै प्रकारका सरकारी सेवा सुविधा एकै पटक एकै ठाउँबाट लिने सक्ने वातावरण तयार गर्न शिविरलाई अभियानकै रुपमा अघि बढाईउको र म्याग्दीमा एकिकृत घुम्ती शिविर प्रभाबकारी बनेको बताउनुभयो ।

शिविरले स्थानीयबासीलाई समय र खर्चको बचत संगै सदरमुकाम पुगेर सेवा लिनुपर्ने झण्झट समेत हटेको गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर गर्वुजा पुनले बताउनुभयो । उहाँले शिखमा पहिलो पटक एकिकृत घुम्ती शिविर सञ्चालन गरिएको बताउँदै अन्य ठाउँहरुमा समेत यस्ता शिविरहरु सञ्चालन गरिने बताउनुभयो ।

सदरमुकाममा रहेका कार्यालयमा पुगेर सेवा लिन नसकेका सर्वसाधारण र नसक्ने बृद्धबृद्धाहरुको लागि शिविर फलदायी बनेको गाउँपालिकाका उपाध्यक्ष केशमायाँ मगरले जानकारी दिनुभयो । शिविर शुक्रबार सम्म सञ्चालन हुनेछ । म्याग्दीमा यसअघि धवलागिरी गाउँपालिकाको गुर्जा, लमसुङ, मराङ, रघुगंगाको रायखोर, मंगलाको कुहुँ र मालिकाको देविस्थानमा एकिकृत घुम्ती शिविर सञ्चालन भइसकेको छ ।


प्रकाशित मिति: बिहीबार, फागुन २३, २०७५  १५:४८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP