शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • दुर्गम गाउँ जलजलामा केन्द्रिय विद्युत बले पछि स्थानीय उत्साहित
दुर्गम गाउँ जलजलामा केन्द्रिय विद्युत बले पछि स्थानीय उत्साहित
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, माघ १७, २०७७
145232743_420417092571041_8886428395609502826_n
थम्मन थापा बागलुङ ।नेपाल विद्युत प्राधिकरणले पहिलो पटक बडिगाड गाउँपालिका वडा नं ४ जलजलामा विद्युत सेवा पुराएको छ । लामो समय देखि लघु जलविद्युतको भरमा गुजारा गर्दै आएका वडाबासी वडामा पहिलो पटक केन्द्रिय विद्युत बलेपछि हर्षित भएका छन् । झण्डै ८ वर्ष देखि लघु जलविद्युत मार्फत सामान्य सेवा उपभोग गरेका जलजलाबासीको केन्द्रिय विद्युतको आगमनले मन नै उज्यालो बनाएको छ । भौगोलिक विकटता सँगै लघु जलविद्युत मर्मत सम्भारमा पटक पटक हुने समस्याले गर्दा लामो समय देखि हैरानी खेप्नु परेको समाजसेवी झबिन्द्र बुढाथोकीले बताउनु भयो । स्थानियले सामूहिक लगानीमा निर्माण गरेको लघु जलविद्युतमा भोल्टेजको क्षमता कम हुनुका साथै नियमित नहुँदा उद्योग, ब्यबसायमा समस्या झेल्दै आएकोमा अब भने यी समस्या हटेर जाने स्थानीय माया श्रीसको भनाई छ । ग्रामीण विद्युतीकरण कार्यक्रम अन्तर्गत झण्डै ५५ लाखको लागतमा विद्युतीकरण गरिएको नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख शिव नारायण गोशलीले जानकारी दिनुभयो । प्राधिकरणले गलकोट नगरपालिका ५ हरिचौरमा रहेको सब स्टेसन बाट ११ केभी प्रसारण लाइन मार्फत गाउँपालिकाको खौलारा बजार देखि ट्यापिङ गरेर ४ किलोमीटरको दूरीमा झुलेडाँडामा ५० केवी क्षमताको ट्रान्सफर्मर राखेर सेवा प्रवाह गरिएको प्रमुख गोशलिले बताउनु भयो । विकट अनि दुरदराजका जनतालाई विद्युत सेवा उपलब्ध गराउँदै उपभोक्ताको दैनिकीमा सहजता ल्याउने कार्यमा विद्युत प्राधिकरणले आफ्नो कार्यलाई निरन्तरता दिएको उहाँको भनाई छ । आवश्यकता अनुरूप ट्रान्सफर्मर, पोल सँगै अन्य विद्युतिय सामाग्री व्यवस्थापन गरिने नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रका सुपरभाइजर असीम पन्तले जानकारी दिनुभयो । केन्द्रिय विद्युतको पहुँच पुगेसँगै अब स्थानीय श्रोत र साधनको सदुपयोग गर्दै जनतालाई आर्थिक सम्वृद्धिमा जोड्न सहज हुने बडिगाड गाउँपालिकाका उपाध्यक्ष अम्मर बहादुर श्रीसले बताउनु भयो । उहाँले भन्नुभयो यस्ता कार्यमा गाउँपालिकाले आवश्यक सहयोग गर्ने छ । केन्द्रिय विद्युत यहाँका जनतालाई निकै आवश्यक थियो अब भने उद्योग, व्यवसाय सञ्चालन गर्न यसले सहयोग पुग्ने विश्वास बडिगाड गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष प्रेम गलामीले बताउनु भयो । केन्द्रिय विद्युतको बडिगाड गाउँपालिकाका उपाध्यक्ष अम्मर बहादुर श्रीस र नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख शिव नारायण गोसलीले स्विच अन गरेर उदघाटन गर्नुभएको थियो । केन्द्रिय विद्युतलाई क्रमशः गाउँपालिका भित्रका सबै वडाहरू र जिल्लभर विस्तार सँगै माग अनुरुप व्यवस्थापन गर्दै लैजाने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । विद्युत उदघाटन कार्यक्रम रुपा छन्त्याल श्रीसको सञ्चालनमा सम्पन्न भएको थियो ।  
प्रकाशित मिति: शनिबार, माघ १७, २०७७  २१:५५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP