शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • कर्णालीका पाँच स्थानीय तहमा सौर्य प्रर्णालीबाट विद्युत् उत्पादन हुँदै
कर्णालीका पाँच स्थानीय तहमा सौर्य प्रर्णालीबाट विद्युत् उत्पादन हुँदै
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, माघ २०, २०७७
d
मान्म (कालीकोट) । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र काठमाडौँले कर्णालीका पाँचवटा स्थानीय तहमा सौर्य विद्युत् प्रणालीको जडान गर्न थालेको छ । केन्द्रको अनुदानमा स्थानीय तहको स्वामित्व रेखदेख गर्ने गरी सौर्य विद्युत् प्रर्णाली जडान गर्न लागिएको हो । केन्द्रले कर्णालीका पाँचवटा स्थानीय तहमा तीन महिनाभित्र सौर्य विद्युत् प्रणाली जडान गर्न लागेको हो । जुम्लाको गुठीचौर गाउँपालिका-२ मुरेली गाउँमा ५०, तिला गाउँपालिका-६ को पोखरी गाउँमा ५०, मुगुको सोरु गाउँपालिका-६ सोरुकोटमा ६०, बारेकोट गाउँपालिका-५ को लिम्सामा १७० र कालीकोटको रास्कोट नगरपालिका-९ फुकोटमा ७५ किलोवाट सौर्य प्रणालीबाट विद्युत् उत्पादन गर्ने तयारी केन्द्रले थालेको हो । गुठीचौरमा सौर्य विद्युत् उत्पादन गर्न ३५ लाख, तिलामा ३३ लाख, सोरुमा ३५ लाख, रास्कोटमा ५० लाख र बारेकोटमा ९५ लाख रकम विनियोजन भएको केन्द्रले जनाएको छ । केन्द्रले ९० र स्थानीय तहले १० प्रतिशत बजेटको व्यवस्था गर्नुपर्ने रास्कोट नगरपालिकाका प्रमुख काशिचन्द्र बरालले बताए । ‘बोलपत्रका लागि सूचना आह्वान भइसकेको छ । तीन महिनाभित्र सौर्य प्रणाली जडान हुन्छ’, उनले भने, ‘सौर्य विद्युत् प्रणालीले नगरपालिकाभित्रका सबै घरधुरीमा उज्यालो हुनेछ ।’ विद्युत्को राष्ट्रिय प्रसारण केन्द्रसँग नजोडिएको कर्णालीका सौर्य ऊर्जाबाट विद्युत्को पहुँच वृद्धि गर्ने उद्देश्यले केन्द्रको सहयोगमा सौर्य प्रणालीबाट विद्युत् जडानको सम्झौता भएको र त्यसैअनुसार निर्माणको काम पनि अगाडि बढेको जुम्ला गुठीचौर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल प्याकुरेलले बताए । ‘यसभन्दा अगाडि नै केन्द्रसँग गाउँपालिकाले सम्झौता गरेको थियो’, उनले भने । रासस
प्रकाशित मिति: मंगलबार, माघ २०, २०७७  १२:५९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP