बेनी । बागलुङको सिवाईसी बचत तथा ऋण सहकारीको बेनी सदस्य सेवा केन्द्रको उद्घाटन गरिएको छ । म्याग्दीको सदरमुकाम बेनी स्थित क्याम्पसचोकमा रहेको नमस्ते बहुद्धेश्यीय सहकारी र सिवाईसी बचत तथा ऋण सहकारी विच एकिकरण भएर बनेको बेनी सदस्य सेवा केन्द्रको बुधबार एक कार्यक्रमका विच संविधानसभा सदस्य तथा सहकारीका सल्लाहकार नवराज शर्माले उद्घाटन गर्नुभएको हो ।
[caption id="attachment_21884" align="alignnone" width="1024"]

????????????????????????????????????[/caption]
सिवाईसीको सेवा केन्द्र विस्ताले सानो क्षेत्रमा संचालित सहकारीहरुका लागि सकरात्मक सन्देश जाने शर्माले बताउनुभयो । उहाँले दुर्गम ग्रामिण भेगमा पनि सहकारीको पहुँच पु¥याउनुपर्नेमा जोड दिनुभयो । सहकारीहरुले कृषि लगायत उत्पादनमुलक क्षेत्रमा पनि लगानी गर्नुपर्ने उहाँले बताउनुभयो । यसैगरी ,कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देबेन्द्रबहादुर केसी ,बेनी नगरउपप्रमुख सञ्जु बरुवाल ,सहकारीका परामर्शदाता सन्तोष रावल ,सहकारीकी संस्थापक सदस्य तथा सल्लाहकार सिता शर्मा लगायतले बोल्नुभएको थियो ।
[caption id="attachment_21887" align="alignnone" width="1024"]

????????????????????????????????????[/caption]
[caption id="attachment_21882" align="alignnone" width="1024"]

????????????????????????????????????[/caption]
सहकारीका अध्यक्ष चन्दीप्रसाद शर्मा पौडेलले धौलागिरि कार्यक्षेत्र रहेको सिवाईसीले कार्यक्षेत्रमा सेवा विस्तार गर्ने योजना अनुसार सेवा केन्द्र विस्तारमा जुटेको बताउनुभयो । हुनेखानेको पैसा हुँदा खानेसम्म पु¥याउने र हुँदा खानेलाई हुनेखाने बनाउने उदेश्य अनुरुप सिवाईसीले आफ्नो सेवालाई प्रभाबकारी बनाउँदै आएको उहाँको भनाई छ । सहकारीले आर्थिक कारोबार मात्र नभई सामाजिक ,शैक्षिक ,स्वास्थ्य तथा प्राकृतिक विपदमा मानविय सेवा गर्दै आइरहेको बताउनुभयो । खुल्ला शेयर सदस्य र जुनसुकै उमेर समुह पनि शेयर सदस्य बन्न पाउने सहकारीले निति लिएको सहकारीका अध्यक्ष शर्मा पौडेलले बताउनुभयो ।एकिकरण पछि बेनीमा सञ्चालन हुने सिवाईसीको १७ औँ सेवा केन्द्र रहेको अध्यक्ष शर्मा पौडेलले बताउनुभयो ।
[caption id="attachment_21886" align="alignnone" width="1024"]

????????????????????????????????????[/caption]
सिवाईसीसंग एकिकरण भएपछि बेनीमा रहेको नमस्ते सहकारीको कार्यालयबाट एकिकृत भएको सिवाईसीको सदस्य सेवा केन्द्र सञ्चालनमा ल्याइएको बेनी सदस्य केन्द्रका संयोजक तुलसीनाथ सुवेदी (रामप्रसाद)ले जानकारी दिनुभयो । सिवाईसीसंग एकिरण भएपछि नमस्ते सहकारीका सञ्चालक समिति सिवाईसीको सेवा केन्द्रको सञ्चालन तथा व्यवस्थापन उपसमितिको रुपमा रहने सहमती भएको छ । बेनीको नमस्ते सहकारीमा ७४ जना शेयर सदस्यको १ करोड ११ लाख रुपैयाँ शेयर पुँजी रहेको थियो ।
[caption id="attachment_21885" align="alignnone" width="1024"]

????????????????????????????????????[/caption]
१३ हजार ४४१ जना शेयर सदस्य रहेको सिवाईसीमा २३ करोड ९८ लाख ९६ हजार तीन सय शेयर पुँजी , एक अर्ब २७ करोड १६ लाख २५ हजार ६६५ बचत संकलन र ९९ करोड २१ लख १७ हजार १८१ लगानी रहेको छ । सहकारीको एटिएम, मोवाईल बैंकिङ, क्युआर कोड, ट्याबलेट बैँकिङ, मिष्डकल, इटेलर लगायतका सेवाहरु सञ्चालनमा रहेको सहकारीका सञ्चालक समितिका सह–सचिब सुवास आचार्यले जानकारी दिनुभयो ।
[caption id="attachment_21881" align="alignnone" width="1024"]

????????????????????????????????????[/caption]
सहकारीले २१ प्रकारका बचत र ३५ प्रकारका ऋण सेवा, रेमिट्यान्स सेवाहरुसंगै शेयर सदस्यहरुलाई लक्षित गरि विभिन्न सामाजिक उत्तरदायित्वका आकर्षक योजनाहरु समेत समावेश गर्दै आएको छ । विहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म नै सेवा प्रवाह गर्दै आएको यस सहकारीले आकस्मिक फोन सेवा मार्फत समेत वित्तिय सेवा प्रवाह गर्दै आएको छ । सिवाईसी सहकारीकी उपाध्यक्ष गण्डकी थापा अधिकारीले सञ्चालन गर्नुभएको कार्यक्रममा बेनी सदस्य सेवा केन्द्रका संयोजक सुवेदीले स्वागत गर्नुभएको थियो ।